सुनचाँदी व्यवसायीका लागि ऐन आवश्यक छः माणिकरत्न शाक्य

सुनचाँदी व्यवसायीका लागि ऐन आवश्यक छः माणिकरत्न शाक्य

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका निर्वतमान अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदी व्यवसायीहरुको लागि ऐन बनाउनुपर्ने बताएका छन् ।

शनिबार नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समिति राष्ट्रिय भेलामा उनले सबै व्यवसायहरुको ऐन कानुन हुँदा सुनचाँदी व्यवसायीहरुको लागि पनि सरकारले चाँडै ऐन बनाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘यसमा काम गर्ने कालिगढको रोजगारीको सुरक्षा, आम्दानीको सुरक्षा, र सबै सुनिश्चितता हुनुपर्छ । विशेषगरी सुनचाँदीको ऐन नै छैन । विभिन्न व्यवसायहरुको ऐन छ तर सुनचाँदी व्यवसायीहरुको लागि ऐन नै छैन । सरकारले चाँडै ऐन बनाउनुपर्छ । सबैको व्यवसायी ऐन कानुन हुँदा किन सुनचाँदी व्यवसायीको ऐन कानुन भएन यसमा हामीले छलफल गरेर अगाडि बढाउन जरुरी छ ।’

साथै उनले सुनचाँदी पेसामा लगभग २२ हजार भन्दा बढि व्यवसायीहरु आवद्ध रहेको बताए । उनले लगभग १०० अर्ब भन्दा बढिको कारोवार हरेक वर्ष यो व्यवसायमा भैइरहेको समेत बताए ।

उनले भने, ‘देशमा लगभग २२ हजार भन्दा बढि व्यवसायीहरु यो पेसामा आवद्ध छन् । देशको अर्थतन्त्रको ठूलो हिस्सा हो सुनचाँदी व्यवसाय । लगभग १०० अर्ब भन्दा बढिको कारोवार हरेक वर्ष यो व्यवसायमा भैरहेको छ ।’

Logo