भट्टको टुंगो नलागेपछि गभर्नरमा विश्व पौडेलको चर्चा

भट्टको टुंगो नलागेपछि गभर्नरमा विश्व पौडेलको चर्चा

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । गभर्नरमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टको टुंगो लाग्ने छाँटकाँट नदेखिएपछि विश्व पौडेलको नाम चर्चामा आएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सत्तारुढ दल कांग्रेस र एमालेका शीर्ष नेताहरुसहित बसेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले गभर्नरमा पौडेलको नाम प्रस्ताव गरेको खबर बाहिरिएको हो । भट्टलाई गभर्नर बनाउन तीन साताअघि समझदारी बनेपनि राजीनामा स्वीकृत नहुँदा कांग्रेसले पौडेल कार्ड फ्याँकेको बुझिएकाे छ ।

सत्ता गठबन्धनबीच यही वैशाख ३ मा भएको समझदारीका आधारमा भट्टले कार्यकारी निर्देकबाट राजीनामा दिएका थिए । तर राष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंगानाले भट्टको राजीनामा स्वीकृति नगरेपछि यो अवस्था सिर्जित भएको हो । किनकी ढुंगाना पनि गभर्नरकै दौडमा थिइन् ।

पौडेल यसअघिको निर्वाचनमा चितवनबाट प्रतिनिधिसभाका लागि प्रतिष्पर्धामा थिए । हाल उनी गभर्नर सिफारिस समितिमै छन् । अब सहमति जुटेको खण्डमा पौडेलले पहिले सिफारिस समितिबाट राजीनामा दिनुपर्ने छ । त्यसपछि सरकारले उनको ठाउँमा अर्को सदस्य राख्न सक्छ । राजीनामा स्वीकृत गर्न र उनको स्थानमा अर्को सदस्य राख्न मन्त्रीपरिषद्को बैठक बस्नुपर्ने हुन्छ । त्यसपछि मात्र पौडेललाई गभर्नरमा सिफारिस गर्न बाटो खुल्ने छ ।

निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल २३ चैत २०८१ मा सकिएको एक महिना बढी समय बित्दा पनि सरकारले नयाँ नतृत्व चयन गर्न सकेको छैन । अझ रोचक कुरा त राजनीतिक खिचातानीका कारण सिफारिस समितिको बैठकसमेत एक पटक पनि बस्न सकेको छैन । बरु बैठक बस्न नसकेको भन्दै समिति सदस्यले नै राजीनामा दिन भ्याइसके ।

Skip This
Skip This
Logo