हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश सरकारले युवाहरुको सशक्तीकरणलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
प्रदेश युवा परिषद् बागमतीको आयोजनामा आइतबारदेखि सुरु भएको प्रदेश युवा सम्मेलन २०८२ लाई उद्घाटन गर्दै मुख्यमन्त्री लामाले युवाहरुलाई नीति निर्माण र नेतृत्व तहमा आकर्षित गर्नु आजको आवश्यकता भएको बताएका हुन् ।युवाहरुको नेतृत्व विकास गरी शासकीय जिम्मेवारी बहन गर्न सक्षम बनाउनुपर्नेमा उनकाे जाेड छ ।
युवा पलायनलाई रोक्नु आजको प्रमुख चुनौतीको रुपमा देखापरेको बताएका उनले
युवालाई रोजगारी र उत्पादनसँग आबद्ध गर्न प्रदेश सरकारले पर्याप्त मात्रामा लगानी गरिरहेको समेत जानकारी गराए । प्रदेशको समग्र विकासमा युवा शक्तिको सहभागिता, संलग्नता, सहकार्य र साझेदारी अपरिहार्य रहेको मुख्यमन्त्री लामाकाे भनाइ छ ।





























प्रतिक्रिया