विद्युत सेवामा डिजिटल टेक्नोलोजी योगदान महत्वपूर्ण छ -कुलमान घिसिङ

विद्युत सेवामा डिजिटल टेक्नोलोजी योगदान महत्वपूर्ण छ -कुलमान घिसिङ

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिङले डिजिटल टेक्नोलोजीको नेटवर्कका कारण विद्युत प्राधिकरणले ठूलो फड्को मारेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित टोक्मा एप लन्च कार्यक्रममा उनले विद्युत प्राधिकरणको ओपीजिडब्लू केबल देशभर नभएको भए आजको सञ्चार यसरी अगाडि बढ्न नसक्ने भन्दै नेटवर्क स्थापना गर्न विद्युत प्राधिकरणले ठूलो भूमिका खेलेको बताएका हुन् ।

उनले भने, ‘नेपालको डिजिटल टेक्नोलोजी पूर्वाधारको हिसाबले धेरै नै राम्रो अवस्था छ । डिजिटल टेक्नोलोजीको लागि विद्युत प्राधिकरणले विद्यतु मात्र दिने होइन सञ्चारको नेटवर्क स्थापना गर्न पनि ठूलो भूमिका खेलेको छ । यदि हाम्रो ओपीजिडब्लू केबल देशभर नभएको भए आजको सञ्चार यसरी अगाडि बढ्न सक्ने अवस्थामा हुदैँन् थियो । पोल पोलबाट फाइबर घर घरमा पुगेको हुनाले पनि डिजिटल टेक्नोलोजीमा ठूलो सहयोग भएको जस्तो लाग्छ ।’

यस्तै, उनले टोक्मा एपले डिजिटल अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने भन्दै एपले रोजगारी सिर्जना गर्नको लागि ठूलो भूमिका खेल्ने बताए ।

Skip This
Skip This
Logo