काँकडभिट्टा–कञ्चनपुरको विद्युतीय रेलमार्गको लागत १५ खर्ब पुग्यो, कति भयो मुआब्जा वितरण ?

काँकडभिट्टा–कञ्चनपुरको विद्युतीय रेलमार्गको लागत १५ खर्ब पुग्यो, कति भयो मुआब्जा वितरण ?

केन्द्रबिन्दु
108
Shares

काठमाडौं । झापाको काँकडभिट्टादेखि कञ्चनपुरको गड्डाचौकीसम्म विद्युतीय रेलमार्ग सञ्चालन गर्नको लागि अगाडि बढाइएको यो आयोजनको लागत अनुमान बढेको छ ।

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं प्रतिवेदनले उक्त आयोजनाको लागत १५ खर्ब पुगेको देखाएको हो ।

आर्थिक वर्ष २०६५/६६ उक्त ठाउँसम्म ९२४.९४ किलोमिटर र लिङ्कमार्गहरूसमेत १ हजार ३ किलोमिटर विद्युतीय रेलमार्ग निर्माणको गर्ने थालिएको थियो । सुरुवात लागत अनुमान ९ खर्ब ५५ अर्ब २२ करोड रहेकोमा संशोधन लागत अनुमान १५ खर्ब रुपैयाँ पुगेको महालेखापरीक्षकको कार्यालयले जानकारी दिएको छ ।

यसका आयोजना आर्थिक वर्ष २०८६/८७ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यो वर्षसम्म ६५ किलोमिटरमा ट्र्याक बेड तथा १६ पुल निर्माण सम्पन्न भएको भएको बताइएको छ ।

महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनले ५५३ बिघा जग्गाको मुआब्जा वितरण भइसकेको देखाएको हो । उक्त बिघा जमिनको मुआब्जा वितरण गर्दा ३३ अर्ब ४५ करोड खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

Skip This
Skip This
Logo