काठमाडौं । नेपाल वैदेशिक रोजगार संघको अध्यक्ष भुवन सिंहले मलेसियामा लगाइएको सिण्डिकेट कुनैपनि हालतमा स्वीकार नहुने बताए ।
बुधबार सिण्डिकेटविरुद्ध खबरदारी तथा विरोध कार्यक्रममा बोल्दै उनले सिण्डिकेटका कुनै तथ्य भेटे जानकारी दिन आग्रह गर्दै सिण्डिकेट स्वीकार्य नभएको बताएका हुन् । ‘मलेसियामा लगाइएको सिण्डिकेट हामीलाई कुनै हालतमा स्वीकार्य छैन । जबरजस्ती सिण्डिकेट लगाउन खोजे जसरी आउछ त्यसरी नै फाल्न तयार हुनेछौं । तपाईसँग कुनै तथ्य भए हामीलाई पठाउनुस्, हामी बोल्नुपर्ने ठाउँमा गएर बोल्छौं,’ उनले भने ।
उनले आफूले पाएको जिम्मेवारी पुरा गर्ने भन्दै सिण्डिकेट टोड्न प्रक्रिया अपनाउने बताए ।
यस्तै, नेपाल वैदेशिक रोजगार संघको पूर्व अध्यक्ष रोहन गुरुङले मलेसियामा काम गरिरहेका संस्था र व्यक्तिहरुलाई सिण्डिकेटका विरुद्धमा लाग्न निर्देश गरे । उनले मलेसियाको सिण्डिकेट विस्तारै अन्य देशहरुमा पनि बढ्दै जाने भन्दै व्यवसायीहरु पलायन हुने वातावरण सिर्जना हुने बताए ।































प्रतिक्रिया