हेल्थी च्वाइस एस्थेटिक अस्पतालको सम्पूर्ण अफरमा एससिटी–युपिआई कार्डवाहकलाई थप पाँच प्रतिशत छुट दिइने

हेल्थी च्वाइस एस्थेटिक अस्पतालको सम्पूर्ण अफरमा एससिटी–युपिआई कार्डवाहकलाई थप पाँच प्रतिशत छुट दिइने

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र हेल्थी च्वाइस एस्थेटिक अस्पतालबिच एससिटी–युपिआई कार्ड प्रयोगकर्ताहरूलाई हेल्थी च्वाइस एस्थेटिक अस्पतालमा हुने सम्पूर्ण अफरमा थप पाँच प्रतिशतसम्मको विशेष छुट दिने सम्झौता भएको छ।

सम्झौताअनुसार एससिटी–युपिआई कार्ड प्रयोगकर्ताहरूले यो छुट पाउन आफ्नो एससिटी–युपिआई कार्डमार्फत भुक्तानी गर्नुपर्छ। ग्राहकहरूले पिओएसमार्फत भुक्तानी गर्दा ब्लड टेस्ट, छाला, कपाल र दन्त प्रक्रियाहरूमा हुने सम्पूर्ण अफरहरूमा थप पाँच प्रतिशत छुट पाउनेछन्।

ओपिडी परामर्श, इमप्लान्ट, प्लास्टिक सर्जरी, कस्मेटिक गाइनोकोलोजी, सर्जिकल प्याकेज, कपाल प्रत्यारोपण, एमआइएफयुआरएफ, एमएनआरएफ, सोर्पानो हेयर रिमुभल प्याकेज र आउटसोर्स सर्भिसेस र उपकरण शुल्कमा हुने सम्पूर्ण अफरहरूमा थप २.५ प्रतिशत छुट पाउने छन्।

एससिटी–युपिआई कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको एससिटीसँग आबद्ध बैंकमा गएर सजिलै एससिटी युपिआई कार्ड लिन सक्नेछन्।

Skip This
Skip This
Logo