काठमाडौं । जापानले बीपी राजमार्ग पुन र्निर्माणका लागि नेपाललाई १ अर्ब आठ करोड रुपैयाँ अनुदान सहयोग गरेको छ । सहयोग सम्बन्धी सम्झौता पत्रमा बिहीबार अर्थ मन्त्रालयमा हस्ताक्षर भएको छ । "/>

बीपी राजमार्ग पुनर्निर्माण गर्न जापानले १ अर्ब ८ करोड अनुदान दियो

बीपी राजमार्ग पुनर्निर्माण गर्न जापानले १ अर्ब ८ करोड अनुदान दियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । जापानले बीपी राजमार्ग पुन र्निर्माणका लागि नेपाललाई १ अर्ब आठ करोड रुपैयाँ अनुदान सहयोग गरेको छ । सहयोग सम्बन्धी सम्झौता पत्रमा बिहीबार अर्थ मन्त्रालयमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा अर्थमन्त्रालयका सचिव डा. राजन खनाल र नेपालका लागि जापानी राजदूत मिसामिची साइगोले हस्ताक्षर गरेका छन् ।

१६० किलोमिटर लामो बीपी राजमार्गमा २०७२ सालको भूकम्पले क्षति पुगेको छ । काभ्रेको बनेपाबाट सिन्धुलीको बर्दिबास जोड्ने उक्त राजमार्ग जापान सरकारले नै बनाइदिएको थियो ।

भूकम्पले बीपी रागमार्गको २० ठाउँमा क्षति पुर्‍याएको र त्यसको पुनर्निर्माणको काम अब छिट्टै शुरु हुने जापानी राजदूत मिसामिचीले जानकारी दिए । उनले राजमार्गलाई पाँच भागमा बाँडेर पुनर्निर्माणको काम गरिने बताए ।

Logo