सेयर बजारमा उच्च गिरावट, कारोबार रकम पनि खुम्चियो

सेयर बजारमा उच्च गिरावट, कारोबार रकम पनि खुम्चियो

केन्द्रबिन्दु
183
Shares

मंगलबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । यसदिन बजार मापक नेप्से परिसूचक ३५ अंकले ओरालो लागेको हो । यो सँगै नेप्से २६५९.५९ बिन्दुमा ओर्लिएको छ ।

बजार घटेसँगै कारोबार रकम समेत ओरालो लागेको छ । यसदिन कारोबार रकम ६ अर्ब ६७ करोड ९५ लाख ६१ हजार रुपैयाँको कारोबार भयो । सोमबार ८ अर्ब ८७ करोडको बरोबार भएको थियो ।

कारोबार अवधिभर ३१५ कम्पनीको १ करोड ५५ लाख ३८ हजार ४७४ कित्ता सेयर किनबेच भयो ।

यसदिन ३४ कम्पनीको मात्र मूल्य बढ्यो बने २१४ कम्पनीको मूल्य घट्यो ।

आज ओम मेघाश्री फर्मास्यूटिकल्स र पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । प्रभु स्मार्ट फन्ड, नारायणी डेभलपमेन्ट बैंक, आत्मनिर्भर लघुवित्त लगायत कम्पनीको मूल्य बढेको छ ।

त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, प्राइम कमर्सियल बैंक, जनउत्थान सामुदायिक लघुवित्त, कुमारी बैंक लगायत कम्पनीको मूल्य घटेका छन् ।

कारोबार रकमको आधारमा भने राधि विद्युत अग्रस्थानमा रह्यो । कम्पनीको ६० करोड १५ लाख रुपैयाँ बढेको सेयर किनबेच भयो ।

आज उत्पादन तथा प्रशोधन र म्यूचुअल फन्ड बाहेक अन्य सबै सूचक राताम्मे रह्यो ।

Logo