नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित

नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त भएका छन् । कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) रहेका पण्डितलाई जेठ २१ देखि लागू हुने गरी बैंकको प्रवक्ता तोकिएको हो ।

वि.सं. २०६२ सालमा बैंक सेवामा प्रवेश गरेका पण्डितको बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतको कार्यानुभव रहेको छ ।

हाल उनी भुक्तानी प्रणाली विभागमा कार्यरत छन् ।

Logo