बिजबजार र बन्दीपुर केबलकारबीच सहकार्य: सेवाग्राहीलाई आकर्षक छुटको अवसर

बिजबजार र बन्दीपुर केबलकारबीच सहकार्य: सेवाग्राहीलाई आकर्षक छुटको अवसर

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेपालको अग्रणी ई–कमर्श प्लेटफर्म बिजबजार लिमिटेड र पर्यटकीय गन्तव्य बन्दीपुरमा रहेको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले बजार प्रवर्द्धनका लागि महत्वपूर्ण सम्झौता गरेका छन्। बुधबार सम्पन्न यो सम्झौतामा बिजबजारका प्रमुख कार्यकारी अधिकृत उत्सव ढकाल र बन्दीपुर केबलकारका महाप्रबन्धक रोमन मान श्रेष्ठले हस्ताक्षर गरेका छन्।

यो साझेदारीअन्तर्गत बिजबजारका ग्राहकले बन्दीपुर केबलकारको टिकटमा २५ प्रतिशतको विशेष छुट पाउनेछन्। त्यस्तै, बन्दीपुर केबलकारका यात्रुले बिजबजारको प्लेटफर्ममार्फत सामान खरिद गर्दा १५ प्रतिशतको आकर्षक छुट प्राप्त गर्नेछन्।

यो सहकार्यले आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्दै डिजिटल व्यापारको विस्तारमा ठूलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। दुवै संस्थाले ग्राहकलाई सुविधाजनक र लाभदायक अनुभव प्रदान गर्न यो रणनीतिक कदम चालेका हुन्।

Skip This
Skip This
Logo