काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्यमा उच्च गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले घटेको हो।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला दुई हजार १४५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला दुई हजार १५० रुपैयाँमा खरिदबिक्र भएको थियो ।





























प्रतिक्रिया