इनड्राइभद्वारा दुई विद्यालयलाई खेलकुद सामग्री वितरण

इनड्राइभद्वारा दुई विद्यालयलाई खेलकुद सामग्री वितरण

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । राइड शेयरिङ एप इनड्राइभले राइड टु सपाेर्टबाट दुई विद्यालयलाई खेल मैदानको मर्मत र खेलकुद सामग्री वितरण गरेको छ ।

आइतबार काठमाडौंमा कार्यक्रम गर्दै इनड्राइभले ‘राइड टु सपाेर्ट’नामक अभियान चलाउँदै युनिक मोडल र माइलस्टोन युथ इङ्गलिस स्कुललाई खेलकुद सामग्री वितरण गरेको हो । कार्यक्रममा बास्केटबल, ब्याडमिन्टन, र फुटसलजस्ता खेलहरूका लागि आवश्यक किटहरू खेल मैदानको मर्मत र खेलकुद सामग्री वितरण गरेको हो ।

समुदाय–संचालित यो पहलअन्तर्गत, इनड्राइभले मे महिनाभरि नेपालभर संचालित प्रत्येक तेस्रो राइडबाट संकलित भाडाको १० प्रतिशत रकम स्थानीय प्राथमिक विद्यालयहरूमा खेल मैदानको मर्मत र खेलकुद सामग्री वितरणमा खर्च गरेको हो ।

विश्वव्यापी मोबिलिटी र शहरी सेवा प्लेटफर्म, इनड्राइभले नेपालमा ‘राइड टु सपोर्ट’ अभियान सुरु गर्दै स्थानीय समुदायलाई प्रत्यक्ष रूपमा लाभ पुर्याउने उद्देश्यले प्राथमिक विद्यालयहरूमा खेलकुद संरचना र सुविधा सुधारमा इनड्राइभ केन्द्रित रहेको छ ।

त्यस्तै, कार्यक्रममा बोल्दै युनिक मोडल स्कुलका प्रध्यानाध्यापक भक्त लामाले इनड्राइभले समाजमा उदाहरणीय काम गरेको बताए । बालबालिकाको शारिरीक र मानसिक विकासका लागि जुन साथ र सहयोग इनड्राइभले गरेको छ त्यसलाई निरन्तरता दिन आवश्यक रहेको समेत उनले बताए ।

Skip This
Skip This
Logo