काठमाडाैं । गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरो शेयर नविकरण गर्न अनुरोध गरेको छ । क्यापिटलले २०८२ असार मसान्तसम्म कम्पनीले सबै ग्राहकलाई वार्षिक शुल्क तिरेर खाता नवीकरण गर्न अनुरोध गरेको हो ।
कम्पनीका अनुसार, निर्धारित समयभित्र शुल्क नबुझाए खाताहरू सिडिएस एण्ड क्लियरिङ लिमिटेडको निर्देशनअनुसार स्वतः रोक्का गरिनेछ।
नवीकरण शुल्क डिम्याट खाताको हकमा रु १०० र मेरोशेयर खाताको लागि रु ५० तोकिएको छ। यद्यपि ग्राहकलाई दीर्घकालीन सुविधा दिन, कम्पनीले लाइफटाइम, १० वर्ष र ५ वर्षका प्याकेजसमेत ल्याएको छ। लाइफटाइम नवीकरणको लागि रु १,९९९, १० वर्षको लागि रु ९९९ र ५ वर्षको लागि रु ४९९ मात्र तिरे पुग्नेछ।
यी योजनाबाट लाभ उठाउन ग्राहकले कमलपोखरीस्थित केन्द्रीय कार्यालय, देशभरका गरिमा विकास बैंकका शाखा कार्यालय, वा गरिमा क्यापिटलको वेवसाइटमा गरए गएर प्रक्रिया पूरा गर्न सक्नेछन्।





























प्रतिक्रिया