काठमाडौं । सान्भि इनर्जीको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ। कम्पनीको आईपीओ सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङको कार्यालय, ठमेलमा सो बाँडफाँट भएको हो।
कम्पनीको आईपीओमा २० लाख ४३ हजार २४९ जनाले २ करोड ३९ लाख ९१ हजार ८२० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए। जसमध्ये ३ हजार ६७४ आवेदन रद्द भएको छ भने २० लाख ३० हजार १५७ आवेदन स्वीकृत भएको छ ।
मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको हो। जसअनुसार कुल २ लाख ४१ हजार ५३० आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्।
कम्पनीले गत जेठ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २४ लाख १५ हजार ३०० कित्ता आईपीओ निष्काशन गरेको थियो।
सान्भि इनर्जीको आइपीओ नतिजा नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेवसाइट, सीडीएससी आइपीओ रिजल्ट पोर्टल र मेरो सेयर एकाउन्टबाट हेर्न सकिन्छ ।





























प्रतिक्रिया