मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव

मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको हो ।

बैंकले असार १० भित्र मौद्रिक नीति तर्जुमाका लागि राय र सुझाव बैंकको आर्थिक अनुसन्धान विभागमा उपलब्ध गराउन आग्रह गरेको छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाबमोजिम यस बैंकले प्रत्येक वर्ष मौद्रिक नीति तर्जुमा गरी सार्वजनिक गर्दै आएको छ।

Logo