काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज (मंगलबार) अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली (जेठ २८ गते) एक दिनका लागि बुकक्लोज गर्दैछ।
त्यसैले, आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सको साधारणसभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने गर्दैछ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले आगामी असार १० गते आठौँ वार्षिक साधारणसभा बोलाएको छ। सभा आम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौँमा सो सभा बिहान १०: ३० बजे शुरु हुनेछ।
सभाले कम्पनीको प्रस्तावित विषय उपर कुनै फेरबदल, संसोधन एंवम परिमार्जन गर्न परे सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।





























प्रतिक्रिया