२५ खर्ब नाघ्‍यो विदेशी मुद्रा सञ्चिति, १७ महिनाको आयात धान्ने

२५ खर्ब नाघ्‍यो विदेशी मुद्रा सञ्चिति, १७ महिनाको आयात धान्ने

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । चालु आर्थिक वर्षको २०८१/०८२ को १० महिनासम्‍म २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति भएकाे छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत असार मसान्तसम्मको तुलनामा वैशाखसम्म आउँदा मुद्रा सञ्चिति रकम २३.१ प्रतिशतले बढेको हाे । वैशाख मसान्तसम्म अमेरिकी डलरमा यस्तो सञ्चिति रकम १८ अर्ब ४० करोड डलर बराबर रहेको छ ।

कुल सञ्चिति रकममध्ये राष्ट्र बैंकमा २२ खर्ब ११ अर्ब ११ करोड छ भने बैंक तथा वित्तीय संस्थासँग ३ खर्ब १ अर्ब ८३ करोड रुपैयाँ बराबरको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.२ प्रतिशत रहेको छ ।

विदेशी विनिमय सञ्चितिले १७.४ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

Logo