एक्सपेङ जी७ले ४६ मिनेटमै १० हजार अर्डर लिएर बनायाे रेकर्ड

एक्सपेङ जी७ले ४६ मिनेटमै १० हजार अर्डर लिएर बनायाे रेकर्ड

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । एक्सपेङको पछिल्लो इलेक्ट्रिक एसयूभी जी७ ले विश्वव्यापी विद्युतीय सवारी बजारमा तहल्का मच्चाएको छ । चीनमा जुन ११, २०२५ मा यसको आधिकारिक लन्च भएको ४६ मिनेटमै १०,००० भन्दा बढी प्रि-अर्डरहरू दर्ता गर्न सफल भएको छ।

यो उत्साहजनक प्रतिक्रियाले एक्सपेङको प्रविधि-नेतृत्वको आविष्कारप्रतिको विश्वास र उत्साहलाई उजागर गरेकाे कम्पनीकाे दाबी छ ।

जी७ एक्सपेङको स्व-विकसित ट्युरिङ एआई चिप, हुवावेसँगको सहकार्यमा विकसित भएको भविष्यको ८७ इन्चको एआर-एचयूडी डिस्प्ले, उन्नत स्वायत्त ड्राइभिङ, र ५सी अल्ट्रा-फास्ट चार्जिङ क्षमताहरूसँग सुसज्जित छ। एक पटक चार्ज गर्दा अधिकतम ७०० किलोमिटरसम्मको रेन्जका साथ, जी७ ले बुद्धिमान गतिशीलतामा नयाँ बेन्चमार्क प्रस्तुत गर्दछ ।

जी७ ले विश्वव्यापी रूपमा हेडलाइन बनाइरहँदा, सीजी मोटर्सले एक्सपङको एआई गतिशीलता भिजनलाई नेपालमा एक्सपङ जी६ को परिचयसँगै ल्याइसकेको छ । जी६ मा उन्नत ओटिए अपडेटहरू, एक्सओएस अपरेटिङ सिस्टम, ८००भी चार्जिङ, सेपा २.० आर्किटेक्चर, र एक इमर्सिभ ईभी ड्राइभिङ अनुभव प्रदान गर्दछ ।

Skip This
Skip This
Logo