गण्डकी प्रदेश सरकारकाे बजेट ३२ अर्ब ९७ करोड, स्वास्थ्यलाई प्राथमिकता

गण्डकी प्रदेश सरकारकाे बजेट ३२ अर्ब ९७ करोड, स्वास्थ्यलाई प्राथमिकता

केन्द्रबिन्दु
12
Shares

गण्डकी । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब ३२ अर्बको बजेट ल्याएको छ ।

आइतबार गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले आगामी आवका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । जसमा चालुतर्फ १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगततर्फ १९ अर्ब ९ करोड ३३ लाख २४ हजार रुपैयाँ छुट्याइएको छ ।

त्यस्तै, वित्तीय व्यवस्थापनतर्फ २५ करोड ७८ लाख रुपैयाँ छुट्याइएको छ ।

बजेटको आयस्रोतमा भने संघीय अनुदानबाट वित्तीय समानीकरण अनुदान ७ अर्ब ७३ करोड ८९ लाख रुपैयाँ, राजस्व बाँडफाँट ९ अर्ब ७९ करोड २९ लाख रुपैयाँ, रोयल्टी बाँडफाँट ४९ करोड ८९ लाख रुपैयाँ, सशर्त अनुदान ३ अर्ब ३५ करोड ६४ लाख रुपैयाँ, समपूरक अनुदान ६३ करोड ९७ लाख रुपैयाँ र विशेष अनुदान ४९ करोड ८६ लाख रुपैयाँ प्राप्त हुनेछ ।

यसैगरी, आन्तरिक राजस्वबाट ५ अर्ब ४५ करोड ८४ लाख रुपैयाँ, नगद मौज्दातबाट २ अर्ब २४ करोड ५० लाख रुपैयाँ र अपुग रकम पूर्तिका लागि १ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने नीति लिइएकाे छ ।

स्वास्थ्य र शिक्षामा विशेष जोड दिइएको गण्डकी सरकारले स्वास्थ्य मन्त्रालयको लागि मात्रै ३ अर्ब ७० करोड ३२ लाख रुपैयाँ विनियोजन गरेकाे छ।

Skip This
Skip This
Logo