आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा, यस्ता छन् विशेषता

आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा, यस्ता छन् विशेषता

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ। नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले आज सूचना जारी गर्दै साविककै आकार तथा रंगमा १० रुपैयाँ दरको नयाँ नोट असार २ गते सोमबारदेखि प्रचलनमा ल्याइएको जानकारी दिएको हो।

राष्ट्र बैंकले जनाएअनुसार संकेत नम्बर द/३२ ०००००१ देखि प/९४ ९९९९९९ सम्मका नोटहरू चलनचल्तीमा ल्याइनेछन् । यी नोटमा “नेपाल सरकारको जमानत प्राप्त यसको रूपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १० रुपैयाँ दश तुरुन्त पाइने छ ।” भन्ने प्रतिज्ञामूलक वाक्य उल्लेख गरिएको छ ।

तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहने नोटको बाँयातर्फ सगरमाथाको चित्र र दायँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । त्यस्तै, तल्लो भागको किनारमा नोटको सिरिज नम्बर नेपाली भाषामा “वि.सं. २०८१” लेखिएको छ ।

नोटको पछाडिको भागमा भने माथिल्लो भागमा अंग्रेजीमा ‘Nepal Rastra Bank’ लेखिएको छ भने बीचमा कृष्णसारको चित्र राखिएको छ । तल्लो भागको किनारमा ‘Rupees Ten’ लेखिएको छ र सिरिज नम्बर अंग्रेजीमा ‘2024 A.D.’ उल्लेख गरिएको छ ।

यसअघि राष्ट्र बैंकले वि.सं. २०७७ मंसिर १० गतेका दिन १० रुपैयाँ दरको नोट (सेरिज २०२०) संकेत नं. ढ/८२ ०००००१ देखि द/४५ ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनी सूचना प्रकाशित गरेको थियो । तर, त्यसबमोजिम ढ/८२ ०००००१ देखि द/३१ ८००००० सम्म मात्र नोटहरू प्रचलनमा ल्याइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

Skip This
Skip This
Logo