काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरको निर्माण कार्य सम्पन्न भएको छ । यही असार ६ गते उद्घाटन गरिने भनिएको यो फ्लाइओभरको मुख्य संरचनाको निर्माण पछि लेन सेपरेटर राख्ने, लाइनिङ् गर्ने लगायतका काम पूरा भएपछि सवारी साधन सञ्चालन हुने अवस्थामा पुगेको हो । २०७८ फागुनमा ओभरपास निर्माण दुई वर्षभित्र सक्नेगरी सुरु गरिएपनि ३९ महिनामा सम्पन्न भएको हो । अब शुक्रबारदेखि ओभरपासमा सवारीसाधनले ओहोरदोहोर गर्न पाउनेछन् भने सवारी जामको सास्ती पनि कम हुनेछ ।
याे नेपालकै पहिलो फ्लाइओभर हाे ।
तस्विरः रामकुमार थापा/केन्द्रबिन्दु











































प्रतिक्रिया