काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक गरेको छ ।
उक्त गाडीमा उत्कृष्ट फिचरहरू समावेश गरिएको कम्पनीको दाबी छ । पछिल्लो समय नेपालमा बीवाईडीप्रति ग्राहकको आकर्षण बढ्दो छ । कम्पनीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले नेपाली बजारमा बीवाईडी डल्फिन करिव २५ सय युनिट बिक्री भइसकेको बताइन् । उनले नेपालमा बीवाईडी चढ्ने सबै ग्राहक खुशी रहेको बताइन् । बीवाईडीले ईभीको मार्केटमा नयाँ आयाम थप्दै गइरहेको पनि श्रेष्ठले दाबी गरिन् ।
कम्पनीले नयाँ डल्फिनमा स्पोर्टी स्टाइलको सस्पेन्सन दिएको छ । फिचर अपग्रेड भएर आएको डल्फिन २०२५ गाडीको मूल्य ४१ लाख १५ हजार रुपियाँ तोकिएको कम्पनीले जनाएको छ ।
लिथियम आयोन फोसफेट ब्याट्री भएको यो गाडीको ब्याट्रीमा १५ वर्षसम्मको लाइफ रहेको बताइएको छ । १२ भोल्ट ब्याट्रीमा लिथियम ब्याट्री प्रयोग गर्ने डल्फिन नै पहिलो मोडल बन्न सफल भएको छ । ४४.९ किलोवाट आवर क्षमता ब्याट्री प्रयोग भएका यस गाडीलाई एक पटक फुल चार्ज गर्दा ३४० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ ।
यसैगरी साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साहिल श्रेष्ठले बीवाईडी डल्फिन आम ग्राहकको रोजाइमा पर्न सफल रहेको बताए । अहिले सार्वजनिक यो गाडीले चालकको यात्रालाई समेत आरामदायी बनाउने उनले बताए ।
उनका अनुसार बीवाईडी विश्वव्यापी रूपमा ८ लाख ३० हजार युनिट गाडी बिक्री भैसकेको छ ।
डल्फिन २०२५ पूर्ण–विद्युतीय ह्याचब्याक सेग्मेन्ट अन्तर्गतको गाडी हो । जुन कम्प्याक्ट आकार, राम्रो दायरा र उन्नत प्रविधि सुविधाहरूको लागि परिचित छ । १५.६ इन्च घुम्ने टचस्क्रिन, लेन किप असिस्ट र अनुकूल क्रूज नियन्त्रण जस्ता व्यापक सुरक्षा सुविधाहरू यस गाडीमा समावेश छन् ।































प्रतिक्रिया