काठमाडौं । प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षका लाभांश घोषणा गरेको छ । कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि सो वर्षको वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गर्ने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १८ प्रतिशत बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ०.९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृती भई कम्पनीको आगामी बार्षिक साधारणसभाबाट पारित भएपश्चात वितरण हुनेछ ।





























प्रतिक्रिया