काठमाडाैं । अल्फा अटोमोटिभ प्रालिले बहुप्रतिभाशाली हास्यब्यङ्ग्य कलाकार सन्दीप क्षेत्रीलाई ‘फेस अफ रोयल इनफिल्ड’का रूपमा नियुक्त गरेको छ ।
रोयल इनफिल्ड नेपालले यो सहकार्यलाई व्यावसायिक साझेदारीको रूपमा नभई एक साझा मूल्य र दृष्टिकोणमा आधारित यात्राको प्रारम्भको रूपमा हेरेको जनाएको छ। ‘नेपाली मोटरसाइकल संस्कृतिमा नयाँ आयाम थप्ने विश्वास लिएका छौं। यस प्रयासमार्फत रोयल इनफिल्डद्वारा आन्तरिक पर्यटन प्रवर्द्धन, सडक सुरक्षा, ट्राफिक नियमको पालना, तथा कर्तव्यबोधको सन्देश फैलाइनेछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यस अभियानले नेपाली मोटरसाइकल संस्कृतिमा नयँ आयाम थप्ने, समाजका सबै वर्गसामु पहुँच बनाउने र युवापुस्तासँग गहिरो सम्बन्ध गाँस्ने अपेक्षा कम्पनीको छ ।
क्षेत्रीले विगत दुई दशकदेखि नेपाली कला, मनोरञ्जन र सामाजिक क्षेत्रमा सक्रिय रहँदै जनमानसको मन जित्दै आएका छन्।































प्रतिक्रिया