गभर्नर पौडेलको सेयरमा मात्रै १४ करोड बढी लगानी, ४५ तोला सुन र हिरा

गभर्नर पौडेलको सेयरमा मात्रै १४ करोड बढी लगानी, ४५ तोला सुन र हिरा

केन्द्रबिन्दु
132
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक पद धारण गरेपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्थाअनुरूप उनले बुधबार आफ्नो र आफ्ना श्रीमतीको नाममा रहेको सम्पत्ति सार्वजनिक गरेका हुन् ।

पौडेलले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार सूचीकृत कम्पनीहरुको सेयरमा धेरै लगानी देखिन्छ । उनले सात कम्पनीमा १४ करोड बढी लगानी रहेको विवरण सार्वजनिक गरेका छन् । उनले सानिमा बैंक, सानिमा हाइड्रोपावर, सानिमा मिडल तमोर हाइड्रो, संयुक्त उर्जा हाइड्रोपावर, चितवन इनर्जी र ग्लोबेको प्रालिमा प्रवद्र्धकका रुपमा कुल १४ करोड ५ लाख ६७ हजार रुपैयाँ सेयर रहेको बताएका छन् ।

गभर्नर पौडेलसँग सुनका गहना ४५ तोला छ भने हिरा करिब १५ लाख रुपैयाँ बराबरको छ। सुन पैतृक आर्जन तथा हिरा स्वआर्जन रहेको उल्लेख गरिएको छ। उनले आफ्नो र श्रीमती प्रतिभा शमाको नाममा २० लाख ६८ हजार रुपैयाँ बैंकमा बचत देखाएका छन्। उनले सानिमा, नेपाल इन्भेष्टमेन्ट मेगा र प्रभु बैंकमा बचत गरेका छन्। यसबाहेक डलर खाता पनि छ ।

उनको नामको डलर खातामा ६६ अमेरिकी डलर छ। उनले पत्नीको खातामा ४४ सय ४६ अमेरिकी डलर रहेको उल्लेख गरेका छन्। आजको दर अनुसार यो भनेको ६ लाख २२ हजार रुपैयाँ हाराहारी हो।

उनको श्रीमतीको नाममा ४४ लाख रुपैयाँमा खरिद गरेको सुजुकी कार रहेको छ। पौडेलले २०७७ भदौमा यो गाडी किनेको उल्लेख गरेका छन् ।

ललितपुर महानगरपालिका वडा नम्बर ४ भैसेंपाटी मा प्रतिभाको नाममा घरजग्गा छ। ५ आना २ दामको जग्गामा २७९५ वर्गफिटको घर छ। १ करोड ५५ लाख रुपैयाँमा खरीद गरेको गभर्नरले जनाएका छन्। यो सम्पत्तिको स्रोत पैतृक र स्वआर्जन भनिएको छ। अर्को घरजग्गा नवलपरासीको गैंडाकोटमा छ। त्यहाँको मूल्य ६० लाख उल्लेख गरिएको छ।

Skip This
Skip This
Logo