बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव भित्र्याउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव भित्र्याउने

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । भारतको अडियो वेयरेबल ब्रान्ड बोटले नेपालमा आफ्नो आगमनको औपचारिक घोषणा गरेको छ । यसअघि नै नेपालमा बलियो उपस्थिति बनाइसके पनि अब भने बोटले ‘निर्भाना’ सिरिजको आधिकारिक सार्वजनिक मार्फत आफ्नो उपस्थिति जनाएको हो ।

उच्च प्रदर्शन क्षमतायुक्त एएनसीयुक्त इयरफोन र इयरबड्स समावेश गरिएको प्रिमियम ‘निर्भाना’ सिरिज अब नेपालभरका प्रमुख अनलाइन तथा अफलाइन खुद्रा प्लेटफर्महरूमा उपलब्ध हुनेछ । जसले ब्रान्डको अन्तर्राष्ट्रिय यात्रामा एक महत्वपूर्ण उपलब्धिको संकेत गर्दछ । यद्यपि बोटले नेपालमा पहिले नै बलियो उपस्थिति बनाइसकेको छ, अब यसले अत्यधिक प्रशंसित ‘निर्भाना’ सिरिजको आधिकारिक सार्वजनिक मार्फत आफ्नो उपस्थिति औपचारिक बनाएको छ ।

उच्च प्रदर्शन क्षमतायुक्त एएनसी (एक्टिभ न्वाइज क्यान्सेलेसन) युक्त इयरफोन र इयरबड्स समावेश गरिएको प्रिमियम ‘निर्भाना’ सिरिज अब नेपालभरका प्रमुख अनलाइन तथा अफलाइन खुद्रा प्लेटफर्महरूमा उपलब्ध हुनेछ ।

बोर्डले अडियो वेयरेबल क्षेत्रमा आफ्नो प्रभुत्व जमाउँदै आएको छ र नेपाल प्रवेश गरेको केही वर्षमै यो वर्गका शीर्ष तीन ब्रान्डमध्ये एकको रूपमा स्थापित भइसकेको छ, जसले नेपाली उपभोक्तामाझ यसको गहिरो रुचि र विश्वासलाई प्रमाणित गर्दछ ।

बोटलाई राष्ट्रिय रूपमा टेलिटक प्रा. लि. (रमेश कर्प अन्तर्गतको संस्था)ले वितरण गर्दै आएको छ । दयब्त छोटो समयमा नै नेपालका प्रविधिमैत्री र युवापुस्ताको रोजाइको ब्रान्ड बन्न सफल भएको छ, जसले अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र सुलभ मूल्यको संयोजन प्रस्तुत गर्दछ । टेलिटकले नेपालमा दूरसञ्चार र उपभोक्ता इलेक्ट्रोनिक्सको द्रुत रूपान्तरण भइरहेको परिवेशमा काम गर्दै आएको छ । बलियो वितरण सञ्जाल र विश्वव्यापी साझेदारीको माध्यमबाट कम्पनीले नेपाली उपभोक्तालाई नवप्रवर्तनयुक्त प्रविधि उत्पादन प्रदान गरिरहेको छ ।

बोटका सह–संस्थापक तथा प्रमुख मार्केटिङ अधिकृत अमन गुप्ताले भने, “नेपाल सधैं हाम्रो लागि विशेष स्थान रहँदै आएको छ, र हामी यस जीवन्त र विकासोन्मुख बजारमा आफ्नो औपचारिक उपस्थिति जनाउन पाउँदा अत्यन्त हर्षित छौं । नेपाली उपभोक्ताबाट पाएको प्रतिक्रिया अत्यन्त उत्साहजनक छ, र हामी हाम्रो ब्रान्डमा राखिएको विश्वासप्रति आभारी छौं । हाम्रो प्रिमियम ‘निर्भाना’ सिरिजको सुरुवातसँगै हामी आजको जीवनशैली अनुसारको आवश्यकतालाई सम्बोधन गर्ने उच्च गुणस्तरीय र डिजाइन–मुखी अडियो अनुभव प्रदान गर्ने प्रतिबद्धता दोहोर्याउँछौं ।”

टेलिटकका कार्यकारी निर्देशक प्रतीक जलानले भने, “यस औपचारिक घोषणासँगै, दयब्त ले नेपालमा आफ्नो प्रतिबद्धता दोब्बर बनाउने तयारी गरेको छ, जसअनुसार ब्रान्डले थप जीवनशैली–केन्द्रित अडियो तथा वेयरेबल उत्पादनहरू नेपाली बजारमा ल्याउनेछ र आफ्नो तिव्र रूपमा वृद्धि भइरहेको फ्यानबेससँगको सम्बन्धलाई अझ गहिरो बनाउनेछ ।”

Skip This
Skip This
Logo