काठमाडौं । प्रभु बैंकको सञ्चालक समितिको अध्यक्षमा किशोरजंग कार्की चयन भएका छन् । बैंक सञ्चालक समितिको असार १९ गते बसेको बैठकले सञ्चालक रहेका कार्कीलाई अध्यक्षमा नियुक्त गरिएको हो ।
लिला प्रकाश सिटौलाको ४ वर्षे कार्यकाल गत चैत १२ गते सकिएपछि बैंकको अध्यक्ष पद रिक्त थियो ।
यस्तै, बैंकको स्वतन्त्र सञ्चालकमा रमेशराज अर्याल नियुक्त भएका छन् । अर्याल कुमारी बैंकका पूर्व सीईओ हुन् ।































प्रतिक्रिया