काठमाडौं । रसुवा जिल्लामा हालैको भीषण बाढीका कारण उत्पन्न भयावह परिस्थितिलाई मध्यनजर गर्दै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले संयमताका लागि आग्रह गरेको छ।
नाडाले यस विपद्ले मानवीय जीवनका साथै मुलुकको प्रमुख व्यापारिक नाका रसुवागढी हुँदै हुने अटोमोबाइल आयात प्रणालीमा गहिरो असर पुर्याएको जनाएको छ। यस कठिन घडीमा पीडितहरूलाई नाडाले गहिरो समवेदना प्रकट गर्दै घर, व्यवसाय र जीवनयापन गुमाउनु परेको पीडा अवर्णनीय रहेको जनाएको छ।
नाडाले आफ्ना सम्पूर्ण सदस्यहरू र पीडितहरूप्रति ऐक्यबद्धता प्रकट गरेको छ। पीडितहरूको हिम्मत, धैर्यता र पुनः स्थापनाको प्रयासमा नाडा सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गरिएको छ।
यस विषम परिस्थितिमा नाडालाई कुनै सहयोग गर्न इच्छुक जो कोहीलाई सम्बन्धित विभागमा हार्दिक अनुरोध गरिएको छ। नाडाले यस संकटको घडीमा सबै मिलेर सहयोग र करुणाका साथ अघि बढ्न पनि अनुरोध गरेको छ।





























प्रतिक्रिया