काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्य स्थिर छ । आइतबार सुन ३०० रुपैयाँले बढेको थियो। साताको पहिलो दिन सुन प्रतितोला ९४ हजार ३०० मा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भइरहेको हो । शुक्रबार ९४ हजारमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९४ हजार ३०० र तेजाबी सुनको मूल्य ९३ हजार ८०० सय कायम रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । चाँदी आज प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।































प्रतिक्रिया