श्रमिकको न्यूनतम ज्याला बढ्यो, अब १९ हजार ५५० कायम गर्ने सरकारको निर्णय

श्रमिकको न्यूनतम ज्याला बढ्यो, अब १९ हजार ५५० कायम गर्ने सरकारको निर्णय

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँ कायम गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सिफारिसमा सरकारले यो निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अहिले सरकारले हिजो साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७ हजार ३०० बाट बढाएर १९ हजार ५५० रुपियाँ बनाउने निर्णय गरेको छ।’

श्रम ऐन, २०७४ को दफा १०७ अनुसार प्रत्येक दुई वर्षमा श्रमिकको न्युन्तम पारिश्रमिक पुनः निर्धारण गर्नुपर्ने व्यवस्था छ । यसअघि श्रमिकको न्ययूनतम पारिश्रमिक १७ हजार ३०० थियो ।

श्रम बिना प्रगति सम्भव नभएको बताएका प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा कार्यक्रममा अहिलेसम्म करिब २१ लाख श्रमिक आबद्ध भइसकेको पनि जानकारी दिए ।

Skip This
Skip This
Logo