हेनरी भोल्टको नयाँ मोडल सी प्रो नाइमा नेपाल मोबिलिटी एक्स्पोमा लन्च हुने

हेनरी भोल्टको नयाँ मोडल सी प्रो नाइमा नेपाल मोबिलिटी एक्स्पोमा लन्च हुने

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । हेनरी भोल्टको नयाँ मोडल सी प्रो नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा लन्च हुने भएको छ । हेनरी भोल्टको नेपालका लागि आधिकारिक वितरक एस क्यूव इन्टरप्राइजेजले सी प्रोलाई लन्च गर्न लागेको हो ।

नयाँ मोडल सी प्रोमा २५ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । जसले एकपटको फुल चार्जमा ३०० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । जुन यसअघिको भोल्ट एचमा जडान गरिएको १७.३ किलोवाट आवर ब्याट्री प्याकले दिनेभन्दा १०० किलोमिटर बढी हो ।

कारको मोटर समेत ३४ किलोवाट बाट बढाएर ३५ किलोवाट पुर्याइएको छ । जसले यसअघिको मोडलको तुलनामा ८ एनएम बढि टर्क जेनेरेट गर्ने क्षमता राख्दछ छ । नयाँ मोडल सी प्रोले ३० किलोवाट क्षमताको डिसी फास्ट चार्जर समेत सपोर्ट गर्नेछ, जसबाट ४० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

परिष्कृत इन्टेरियर सहित आउने यस कारमा ९ इन्चको सेन्टर टच स्क्रिन, ७ इन्चको इन्स्ट्रयुमेन्ट डिस्प्ले, एलईडी डिआरएलएस, हेलोजेन हेडल्याम्प, स्मार्ट की, रिमोट लकिङ, डुअल यूएसबी पोर्ट्स, डुअल टोन इन्टेरियर, स्पोर्ट स्टेरिङ ह्विल, इलेक्ट्रिक पावर विन्डो र ब्लुटुथ मिडिया सिस्टम पाउन सकिन्छ ।

सो नयाँ मोडलको मूल्य २३ लाख भन्दा कम निर्धारण हुने जनाइएको छ ।

Skip This
Skip This
Logo