सिन्धुलीमा २० अर्बको भैंसीको मासु प्रशोधन उद्योग स्थापना हुँदै, वार्षिक डेढ खर्बको मासु निर्यात गर्ने, हजारौंलाई रोजगारी

सिन्धुलीमा २० अर्बको भैंसीको मासु प्रशोधन उद्योग स्थापना हुँदै, वार्षिक डेढ खर्बको मासु निर्यात गर्ने, हजारौंलाई रोजगारी

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुली जिल्लाको मरिण-४ मा भैंसीको मासु प्रशोधन उद्योग स्थापना गर्ने जानकारी दिएका छन् ।

आफ्नाे गत मंसिरमा भएको चीन भ्रमणमा महत्त्वपूर्ण उपलब्धि मानिएकाे चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीले नेपालको सिन्धुली जिल्लाको मरिण-४ मा विशाल भैंसीको मासु प्रशोधन उद्योग स्थापना गर्ने सम्झाैता भएकाे प्रधानमन्त्री ओलीले बताएका हुन्। यसका लागि उद्योग विभागले २० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत गरेको छ।

यो उद्योग नेपालको अर्थतन्त्रका लागि एक गेमचेन्जर साबित हुने अपेक्षा गरिएको छ। यसले वार्षिक २ लाख मेट्रिक टन मासु र ५५ हजार मेट्रिक टन सहायक उत्पादन (छाला, भित्री अंग, टाउको) उत्पादन गर्ने लक्ष्य राखेको छ।

साथै उद्योगले ५ हजार १ सय ५६ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्नेछ, जसले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जनाका लागि महत्त्वपूर्ण भूमिका खेल्नेछ। सबैभन्दा महत्त्वपूर्ण कुरा, यस उद्योगले वार्षिक करिब डेढ खर्ब रुपैयाँ बराबरको मासु चीन निर्यात गर्नेछ। यसले नेपालको व्यापार घाटा कम गर्न र विदेशी मुद्रा आर्जनमा ठूलो योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा भएको सम्झौता अनुसार यो परियोजना अघि बढेको हो। यसले नेपाल र चीनबीचको आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने र नेपालमा विदेशी लगानी आकर्षित गर्न मद्दत पुग्ने देखिएको छ। साथै यस उद्योगको स्थापनाले स्थानीय कृषकलाई भैंसी पालनमा प्रोत्साहन मिल्ने र समग्र कृषि क्षेत्रको व्यवसायीकरणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

Skip This
Skip This
Logo