काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्सपो अवलोकन गर्न जाने दर्शकलाई पठाओले ३० प्रतिशतसम्म छुट दिने भएको छ ।
भृकुटीमण्डपस्थित प्रदर्शनी हलसम्म पुग्ने दर्शकलाई पठाओले याे सुविधा उपलब्ध गराउने भएकाे हाे ।
नाइमा अध्यक्ष रितुसिंह वैद्यका अनुसार एक्सपो स्थलसम्म आउजाउ गर्ने दर्शकलाई राइड पार्टनर पठाओले ३० प्रतिशतसम्म छुट दिनेछ भने मेडिकल पार्टनर फ्रन्टलाईन हस्पिटलले प्रदर्शनी स्थलमा चौबिसै घन्टा एम्वुलेन्स व्यवस्थापन सहित आकस्मिक तथा सामान्य चिकित्सा सेवा प्रदान गर्नेछ ।
साथै उनले मोबिलिटी एक्स्पोमा आउने अवलोकनकर्ताका लागि नेपाल पुलिस क्लबमा पार्किङ व्यवस्था गरिएको जानकारी दिइन् । उनले त्यहाँ २५० बढी कार पार्किङ गर्न सकिने बताइन् । त्यस्तै, मोटरसाइकल/स्कुटरका लागि भृकुटीमण्डप भित्रै पार्किङ व्यवस्था मिलाइएको उनले जानकारी दिइन् ।
राजधानीको भृकुटीमण्डपमा नाइमाले आायोजना गर्ने नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा पनि अन्य प्रदर्शनीमा जस्तै पार्किङको समस्या हुने सम्भावनालाई मध्यनजर गर्दै नाइमाले पार्किङ समाधानका लागि विशेष व्यवस्था गर्न लागेको बताइएको छ ।





























प्रतिक्रिया