सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प श्रावण १८ देखि, ३ जना भाग्यमानी ग्राहकलाई आकर्षक सर्भिस प्याकेज !

सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प श्रावण १८ देखि, ३ जना भाग्यमानी ग्राहकलाई आकर्षक सर्भिस प्याकेज !

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले यही श्रावण १८ देखि २० गतेसम्म मनसुन फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ ।

लगातार परिरहेको वर्षाका कारण सवारी साधनहरूमा विविध प्रकारका समस्या देखिन सक्ने सम्भावना रहन्छ। यदि यस्ता समस्यामा समयमै ध्यान नदिइयो भने गाडीमा दीर्घकालीन असर पर्न सक्ने सम्भावना रहेको कम्पनीले जनाएको छ।

यही सम्भावित जोखिमलाई मध्यनजर गर्दै, सुजुकीले आफ्नो ग्राहकको सुरक्षालाई प्राथमिकता दिँदै एक विशेष मनसुन सर्भिस क्याम्प सञ्चालन गर्न लागेको छ। यस क्याम्प मार्फत ग्राहकहरूलाई आफ्ना गाडीको निःशुल्क जाँच, विशेष छुटसहितको मर्मत सेवा, र विशेषज्ञ द्वारा मौसमको प्रकोपलाई कसरी कम गर्न सकिन्छ भनेर सल्लाह पनि उपलब्ध गराइनेछ। कम्पनीले सबै सुजुकी ग्राहकहरूलाई यो अवसरको लाभ लिन र वर्षायाममा आफ्नो सवारीलाई उत्तम अवस्थामा राख्न आग्रह पनि गरेको छ।

सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै ३ जना भाग्यमानी ग्राहकहरुले आकर्षक सर्भिस प्याकेज पनि जित्न सक्नेछन् ।

सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी/हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनुहुनेछ । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशत सम्मको छुट पाउनेछन् भने लेवर चार्जमा २० प्रतिशत सम्मको छुट र स्पेयर पार्टस् र इन्जिन आयलमा १० प्रतिशत सम्मको छुट पाउनेछन् ।

सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।

Skip This
Skip This
Logo