सुनको मूल्य बढ्यो, चाँदी स्थिर

सुनको मूल्य बढ्यो, चाँदी स्थिर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । आज सुन ३०० रुपैयाँले बढेको हो । साताको पहिलो दिन सुन आज प्रतितोला ९४ हजार ३०० मा कारोबार भइरहेको छ । शुक्रबार ९४ हजारमा कारोबार भएको थियो । विहिबार पनि ७०० रुपैयाँ घटेको थियो । सुन गत हप्ता घटबढ भइ नै रहेको थियो ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९४ हजार ३०० र तेजाबी सुनको मूल्य ९३ हजार ८०० सय कायम रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य स्थिर छ । चाँदी आज प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Logo