काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले पहिलो पटक आयोजना गर्न लागेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा भोली बुधबारदेखि सुरू हुँदैछ । एक्स्पोमा नयाँ प्रविधि र मोडलहरू सार्वजनिक हुने छन् भने विद्युतीय सवारी साधनदेखि नवीनतम मोबिलिटी समाधानहरू प्रदर्शनीमा राखिने छन्।
एक्स्पोमा ह्याचब्याक सेगमेन्टमा उत्कृष्ट मानिएका केही नयाँ गाडीहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यस वर्षको एक्स्पोमा विशेषतः बीवाइडी सिगल, रेनो क्वीड इभी, चांगन डिपल लुमिन, र एलएस अटोको एलईभी ०५ चर्चामा छन् ।
यस्ता छन् विशेषता :-
बीवाईडी सिगल
लामो समयदेखि प्रतिक्षित बीवाइडी सिगलले नाइमा मोबिलिटी एक्स्पोमा प्रवेश गर्दैछ । राइट ह्यान्ड ड्राइभ मोडल नभएका कारण यसको आगमनमा ढिलाइ भएको थियो, तर अब यो नेपाली बजारका लागि तयार छ । यो कम्प्याक्ट ह्याचब्याकले किफायती मूल्यमा राम्रो स्थान बनाउने अपेक्षा गरिएको छ ।
यो गाडी दुई भेरियन्टमा उपलब्ध हुने अनुमान छ । एउटामा ३० किलोवाट आवरको ब्याट्री जसले २८० किलोमिटर (डब्लुएलटीपी) रेन्ज दिन्छ, र अर्कोमा ३८.८८ किलोवाट आवरको ब्याट्री जसले ३२३ किलोमिटर (डब्लुएलटीपी) रेन्ज प्रदान गर्छ । यसमा ४५ किलोवाटको मोटर, ६ वटा एयरब्याग, ५ इन्च र १२.८ इन्चका दुईवटा स्क्रिन, र वायरलेस चार्जिङ प्याड जस्ता विशेषताहरू छन् । यसले ‘वर्ल्ड अर्बन कार’ को अवार्ड पनि जितेको छ । यसको मूल्य २५ देखि ३० लाख रुपैयाँ भित्र हुने अनुमान गरिएको छ ।
रेनो क्वीड इभी
केही समयअघि नेपाली सडकमा परीक्षण गरिएको रेनोको क्वीड इभी पनि नाइमा मोबिलिटी एक्स्पोको हिस्सा बन्दैछ । ह्याचब्याक सेगमेन्टमा प्रतिस्पर्धा गर्न आएको यो गाडी चीनमा उत्पादन भएको हो ।
यसमा २६.८ किलोवाट आवरको लिथियम आइरन फोस्फेट (एलएफपी) ब्याट्री छ, को उक्त ब्याट्रीले एक पटकको फुल चार्जमा २७० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। यसमा ३३ किलोवाटको मोटर, ८ इन्चको इन्फोटेनमेन्ट सिस्टम, डुअल एयरब्याग, र रियर पार्किङ क्यामेरा लगायतका सुविधा छन् । यसमा भएयसमा भएको ३३ किलोवाट क्षमताको मोटर पावरले ४४ हर्सपावर तथा १२५ एनएम टर्क उत्पादन
चांगन डिपल लुमिन
चांगनको सहायक कम्पनी लुमिनको सिटी कार पनि यस सेगमेन्टमा प्रतिस्पर्धा गर्न नेपाल भित्रिएको छ । यसलाई एमएडब्लु ग्रुपले नेपाल ल्याएको हो र यो गाडी नाडा अटो शोमा प्रदर्शन गरिने तयारी छ ।
यसका दुई भेरियन्ट उपलब्ध छन् । एउटामा १७.६५ किलोवाट आवरको ब्याट्री जसले २१० किलोमिटर रेन्ज दिन्छ, र अर्कोमा २८.०८ किलोवाट आवरको ब्याट्री जसले ३०१ किलोमिटर रेन्ज दिन्छ । यसमा ३५ किलोवाटको मोटर र १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टम छ । यसको अधिकतम खुद्रा मूल्य २१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
एलएस अटोको एलईभी ०५
एलएस अटोको एलईभी ०५ पनि नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक हुँदैछ । नेक्सन भेन्चरले बिक्री गर्ने यो कार ह्याचब्याक सेगमेन्टमा एक आकर्षक विकल्प बन्न सक्छ । यसमा सेगमेन्टमै सबैभन्दा ठूलो ५६ किलोवाट आवरको ब्याट्री प्याक छ, जसले सिंगल चार्जमा ४०० किलोमिटर सम्मको रेन्ज दिने कम्पनीको दाबी छ । यसमा ५० किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर, १७५ एमएमको ग्राउन्ड क्लियरेन्स, १७ इन्चको एलोय ह्वील, र फास्ट चार्जिङको सुविधा उपलब्ध छ ।
यी नयाँ मोडलहरूको आगमनले नेपाली उपभोक्तालाई ह्याचब्याक सेगमेन्टमा थप विकल्पहरू उपलब्ध गराउने विश्वास गरिएको छ । नाइमा मोबिलिटी एक्स्पो १५ वटा दुई पाङ्गे, १५ वटा चार पाङ्गे, र ५ वटा कर्मर्शियल गाडीहरू सार्वजनिक हुने जनाइएको छ । ५० भन्दा बढी ब्रान्डहरू सहभागी हुने प्रदर्शनीको टिकट खल्ती बाई आईएमईमा उपलब्ध छ।































प्रतिक्रिया