काठमाडौं । सबैभन्दा प्रतीक्षित अटोमोटिभ नाडा अटो शोको सबै तयारी पूरा भएको छ । यही भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा आयोजना हुने नाडा अटो शोमा साना ठूला सवारीका ३५ वडा ब्रान्डले सहभागीता जनाउने भएका छन् । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालद्वारा आयोजित यस शोको उद्घाटन उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्नेछन्।
‘गो फर् मोर’ भन्ने मूल नारा सहित आयोजना हुने ‘नाडा अटो शो २०२५’ मा १९ वटा चारपांग्रे, १३ वटा हल्का व्यावसायिक सवारी साधनका ब्रान्ड र ४ वटा दुईपांग्रे सवारी ब्रान्ड सहभागी हुँदै छन् । यस्तै, ३५ कम्पनीका (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू) १२५ भन्दा बढी प्रदर्शन स्टल रहने छन् ।
आयोजकले यसलाई केवल प्रदर्शनी मात्र नभई नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटी को प्रतिबिम्ब भएको जनाएको छ । शोले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकीय प्रणालीलाई नै एकै छानामुनि ल्याउने विस्वास आयोजकको छ।
शोलाई उन्नत प्रविधि र भविष्यतर्फको कदम मानिएको उक्त प्रर्दशनीमा युनिट्री रोबोट्स – (स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीकस्वरूप उन्नत चारपांग्रे रोबोटहरू) तथा ‘दिपल इभीटीओल युएभी’ –(भविष्यको सहरी हवाई मोबिलिटीको पहिलो झलक) विशेष आर्कषणको रुपमा रहने छ ।
नाडाले १७औँ संस्करणको यस शोलाई अहिलेसम्मकै सबैभन्दा ठूलो अटो शो हुने दाबी छ । नाडाका अध्यक्ष करण चौधरीले यसपटकको नाडा अटो शोमा मोटर मोबिलिटी, फ्युचर, टेक्नोलोजीलाई आभास गराउने बताए । नाडा अटो शोले तथ्य, निरन्तरता र विश्वसनीयताबाट आफैँलाई स्थापित गरिसकेको उनको भनाइ छ।
कार्यक्रममा १९ वटा चारपांग्रे ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्ड, ४ वटा दुईपांग्रे सवारी ब्रान्ड, ३५ कम्पनीहरू (ल्युब्रिकेन्ट, टापर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू) र १२५ भन्दा बढी प्रदर्शक रहनेछन् ।
नाडाले अटो शो मा १ लाखभन्दा बढी आगन्तुकको सहभागी रहने अपेक्षा राखेको छ । ३ लाख वर्गफुट क्षेत्रफल र १ लाख ६२हजार ५०० वर्गफुट प्रदर्शनी क्षेत्र सहित यो नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो अटो शो हुने आयोजकको दाबी छ।
कार्यक्रमको टाइटल स्पोन्सरमा युनिट्री (एमएडब्ल्यू वृद्धि), को-स्पोन्सरमा शिखर इन्स्योरेन्स, मोबिलिटी पार्टनरमा याङ्गो, एक्सक्लुसिभ टिकेटिङ पार्टनरमा खल्ती बाइ आईएमई, अफिसियल इन्टरनेट पार्टनरमा वल्र्ड लिंक रहेका छन् ।
त्यसैगरी, सर्भिलान्स पार्टनरमा सिसिटिभी नेपाल, फायर सेफ्टी पार्टनरमा हिमालयन सेफ्टी सोलुसन प्रालि, हस्पिटल पार्टनरमा किस्ट हस्पिटल, हस्पिटालिटी पार्टनरमा द प्लाजा रहेका छन् ।
नाडाका उपाध्यक्ष राजन बाबु श्रेष्ठले नाडा अटो शोलाई इन्टरनेसनल स्ट्यान्डर्डको अटो शो बनाउनको लागि परेको जानकारी दिए।
टिकट प्रि-बुकिङ खल्ती एपमार्फत अग्रिम खरिद गर्न सकिने व्यवस्था गरिएको छ भदौ २ गतेसम्मको अग्रिम टिकटमा २० प्रतिशत क्यासब्याक पाइने आयोजकले जनाएको छ ।
प्रमुख आकर्षणहरूमा ऐतिहासिक सवारी साधनहरूको प्रदर्शनमा राखिनेछन् । फिएट, प्युजो, बिट्ल, मिनी कुपर, टोयोटा आरटी, मर्सिडिज बेन्ज, टोयोटा आर७४०, डब्ल्यू बो, टोयोटा कोरोला, माज्दा फामिलिया र टोयोटा एमआर२प्रदर्शन गरिनेछ।
१६औं संस्करणहरूको सफत इतिहास अग्रणी ब्रशच्डहरूको सहभागिता, र लाखौ दर्शकहरूको विश्वासले नाडा अटो शो लाई नेपालको अटोमोटिभ उद्योगको सर्वोत्कृष्ट मञ्चको रूपमा परिचित गराएको आयोजकले जनाएको छ।
स्वदेशमै निर्माण भएका सवारी तथा पार्ट्सको प्रदर्शनी, अन्तर्राष्ट्रिय लगानी र सहकार्य प्रवर्द्धन गर्ने थलो, सेमिनार, कार्यशाला, अन्तरक्रिया ईभी, स्मार्ट मोबिलिटी र दिगोपनमा केन्द्रित रहेको छ । १ लाखभन्दा बढी अवलोकनकर्ताले उक्त शोको अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।































प्रतिक्रिया