वीरगंज । कजारियाले नेपालमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै वीरगंजमा अत्याधुनिक शोरूम उद्घाटन गरेको छ । जय श्रीराम ट्रेड एण्ड कन्सर्न द्वारा सञ्चालित यस शोरूमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ।
उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा नेपाल सरकार खानेपानीमन्त्री प्रदीप यादवको उपस्थिति रहेको थियो। साथै, कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल ज्यूको उपस्थितिले कार्यक्रमलाई थप गौरवमय बनायो। यस अवसरलाई विशेष बनाउन, प्रमुख अतिथिले रिबन काटेर यस महत्वपूर्ण विस्तारको शुभारम्भ गरे ।
समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले नयाँ शोरूमको उद्घाटनप्रति आफ्नो उत्साह व्यक्त गरे । उनले भने, “वीरगंजमा कजारिया जस्तो प्रतिष्ठित ब्राण्डको उपस्थिति गर्वको विषय हो। यो शोरुमले हाम्रो क्षेत्रमा रहेको सम्भावना उजागर गर्नेछ र स्थानीय समुदायका लागि गुणस्तरीय पूर्वाधार र डिजाइन आवश्यकताहरू पुरा गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।”
वीरगंजको प्रमुख क्षेत्र ब्रम्ह चोकमा अवस्थित यो नयाँ शोरुमले प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदान गर्दछ, जसले ग्राहकहरूलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्दछ। यसको विस्तारसँगै, कजारिया उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिशनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदै छ।
प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै यो शोरुमको शुभारम्भ कजारियाको लागि महत्वपूर्ण उपलब्धि हो ।
कजारिया रामेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ। विश्वस्तरीय मापदण्ड अनुसार तयार गरि अत्याधुनिक प्रविधिद्वारा निर्मित काजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै ३,००० भन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गरेकाे छ ।





























प्रतिक्रिया