काठमाडौं । आजदेखि भृकुटीमण्डपमा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५’मा लिपमोटरको नयाँ विद्युतीय एसयूभी बी–१० सार्वजनिक गरिएको छ ।
लिपमोटरको आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले एक्सपोमा लिपमोटर बी–१० नेपाली बजारमा उपलब्ध भएको घोषणा गरेको हो । कम्पनीले यो एसयूभी दुई भेरियन्टमा उपलब्ध गराएको छ, जसको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ र ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । कम्पनीले नेपाल भित्र्याएको लिपमोटर बी–१० मा ६७.१ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री जडान गरिएको छ ।
यसमा १६० किलोवाट क्षमताको मोटर छ, जसको पीक टर्क २४० न्यूटन मिटर रहेको छ । रियर ह्वील ड्राइभ सिस्टमका कारण गाडीको पर्फर्मेन्स थप प्रभावशाली रहने कम्पनीले जनाएको छ ।
ब्याट्री चार्ज गर्नका लागि बी–१० मा ११ किलोवाट क्षमताको एसी चार्जर र १६८ किलोवाटसम्मको डीसी फास्ट चार्जर सपोर्ट रहेको छ । यस गाडीको लम्बाइ ४ हजार ५१५ एमएम, चौडाइ १ हजार ८८५ एमएम र उचाइ १ हजार ६५५ एमएम रहेको छ । साथै, २ हजार ७३५ एमएम लामो ह्वीलवेस र १८० एमएम ग्राउन्ड क्लियरेन्सले यो एसयूभीलाई नेपाली सडकका लागि उपयुक्त बनाउने कम्पनीको विश्वास छ ।





























प्रतिक्रिया