एथरको इलेक्ट्रिक स्कुटर रिज्टा नाइमा एक्सपाेमा सार्वजनिक, यस्ता छन् फिचर

एथरको इलेक्ट्रिक स्कुटर रिज्टा नाइमा एक्सपाेमा सार्वजनिक, यस्ता छन् फिचर

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । एथरको बहुप्रतिक्षित इलेक्ट्रिक स्कुटर रिज्टा नेपाली बजारमा सार्वजनिक भएको छ । आजदेखि भृकुटीमण्डपमा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’मा नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी वैद्यज् इनर्जीले सार्वजनिकसँगै आधिकारिक बिक्री सुरू गरेकाे हो ।

कम्पनीका अनुसार रिज्टाको यो टप भेरियन्ट मोडल हो । यसमा ३.७ किलोवाट ब्याट्री उपलब्ध छ । यो स्कुटरले एक पटकको फुल चार्जमा १२५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । यसको टप स्पीड ८० किलोमिटर प्रतिघण्टा रहेको छ ।

एथरले रिज्टामा ट्रयाक्सन कन्ट्रोल फिचरका साथै सबैभन्दा ठूलो सिट दिएको छ । एथर रिज्टामा दुई राइड मोड दिइएको छ । जसमा जिप र स्मार्ट मोड रहेको छ ।
यसमा रिभर्स मोड, हिल होल्ड असिस्ट, नयाँ सिंगल सबफ्रेम, लोअर सीट हाइट, टर्न बाई टर्न नेभिगेसन, गुगल म्याप नेभिगेसन, एलईडी हेडल्याम्प, स्लिम र्यापराउन्ड टेललाइट, डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, ३४ लिटर अन्डर सिट स्टोरेज, टीएफटी स्क्रीन, डिस्क ब्रेक जस्ता फिचर उपलब्ध छ ।

यस स्कुटरकाे मूल्य ३ लाख ८३ हजार ५०० रुपैयाँ तोकिएकाे छ ।

Logo