काठमाडौं । चीनको अग्रणी अटोमोबाइल ब्रान्ड डिएफएसकेका गाडीहरु अब विश्वभरका सडकमा मात्र होइन, नेपाली सडकमा पनि हुँइकिन थालेको छ । डोङफेङ मोटर कर्पाेरेशन र सोकोन ग्रुपको संयुक्त लगानीमा स्थापना भएको डिएफएसके कम्पनीको मुख्यालय चीनको चोङकिङ शहरमा रहेको छ । युरोपदेखि दक्षिण अमेरिका, अफ्रिकादेखि दक्षिण (पूर्वी एसियासम्म ७० भन्दा बढी देशमा आफ्नो उपस्थिति बनाइसकेको यो ब्रान्ड अहिले नेपालमा पनि लोकप्रिय बन्दै गएको छ ।
डिएफएसकेले उत्पादन गर्ने व्यावसायिक भ्यान, पिकअपदेखि लिएर अत्याधुनिक एसयुभी सम्मका गाडीहरू अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएका छन्। यसले युरोपेली युनियन (ईयु ) को प्रमाणीकरण समेत प्राप्त गरेको छ । जसले यसको गुणस्तरमा थप विश्वास दिलाएको छ ।
नेपालमा डिएफएसकेका पेट्रोल गाडीहरू पहिले नै देखा परिसकेका थिए भने, सन् २०१९ देखि कुजु नेपाल प्रालिले डिएफएसकेका ईभीहरु विक्री गरिरहेको छ । डिएफएसकेको आगमनसँगै नेपालमा विद्युतीय सवारी साधनको विश्वसनीय विकल्प थपिएको छ, जुन गुणस्तर, दक्षता र वातावरणप्रति प्रतिबद्धताले भरिएको छ ।
चीनको अटोमोबाइल क्षेत्रको एक बलियो स्तम्भको रूपमा चिनिने डोङफेङ मोटर्सले केवल आफ्ना ब्रान्डहरू मात्र होइन, प्यूजो, होन्डा, निसान, किया, रेनो र सिट्रोनजस्ता विश्वप्रसिद्ध कम्पनीहरूसँग संयुक्त लगानीमा गाडी उत्पादन र वितरण गर्दै आएको छ । यसले चीनभित्र मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा समेत आफ्ना पाइलाहरू मजबुत बनाएको छ ।
डोङफेङअन्तर्गतको डिएफएसके मोटर कम्पनी प्रविधिमा अब्बल बन्ने यात्रामा सक्रिय रूपमा लागेको छ। चीन, अमेरिका, जर्मनी, जापान र इन्डोनेसियामा रहेका यसको अत्याधुनिक अनुसन्धान तथा विकास केन्द्र (आर एण्ड डी सेन्टर) हरूले कम्पनीलाई नवीनतम प्रविधिमा आधारित गाडीहरू निर्माण गर्न सक्षम भएका छन् ।
डिएफएसकेका गाडीहरू युरोपेली उत्सर्जन मापदण्ड युरो ३, युरो ४, युरो ५, युरो ६ मा प्रमाणित भएका छन् । साथै डब्लुभीटीए (डब्लुभिटीए) प्रमाणपत्रले युरोपका लागि आवश्यक सबै गुणस्तरीय मापदण्डहरू पूरा गरेको यस कम्पनीले गाडी उत्पादन गर्नुका साथसाथै विश्वसनीयता, गुणस्तर र नवप्रवर्तनको गतिशीलतालाई पनि अनुशरण गरेको छ ।
नेपालमा हालसम्म डीएफएसके डाँफे, डीएफएसके ईसी३१ र डीएफएसके ईसी३५ मोडल उपलब्ध छन् ।
कुनको विशेषता के ?
डीएफएसके डाँफे
डीएफएसके डान्फे एक यात्रुवाहक गाडी हो जसको लम्बाइ ४.५० मिटर, चौडाइ १.६८ मिटर र उचाइ २.०० मिटर छ। यसको ह्वीलबेस ३.०५ मिटर र कर्ब वेट १,५७५ किलोग्राम छ। यसमा १० जना यात्रु र एक चालकको सिट क्षमता रहेको छ।
यो गाडीमा रियर एक्सल ड्राइभ मेकानिजम र इलेक्ट्रोनिक पावर स्टेयरिङ जडान गरिएको छ। यसको ग्राउन्ड क्लियरेन्स १८८ एमएम छ र टर्निङ रेडियस ५.२५ मिटर छ। सस्पेन्सनका लागि अगाडि म्याकफर्सन इन्डिपेन्डेन्ट सस्पेन्सन र पछाडि लिफ स्प्रिङ नन-इन्डिपेन्डेन्ट सस्पेन्सन प्रयोग गरिएको छ।
यसमा स्थायी म्याग्नेट सिन्क्रोनस मोटर जडान गरिएको छ । जसले ६० किलोवाटको अधिकतम पावर र २०० एनएमको अधिकतम टर्क उत्पादन गर्छ। यसको ब्याट्री क्षमता ४२ किलोवाट घण्टा छ र एक पटकको फुल चार्जमा ३०० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज दिन्छ। गाडीको अधिकतम गति १०० किलोमिटर प्रति घण्टा छ। यसलाई स्लो चार्जिङ गर्न ७-१० घण्टा लाग्छ भने र्यापिड चार्जिङमा २० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न १.३ घण्टा र १०० प्रतिशत चार्ज गर्न २.५ घण्टा लाग्छ।
डीएफएसके ईसी३१
डीएफएसके ईसी३१ एक कार्गो पिकअप गाडी हो। यसको ब्याट्री क्षमता ३८.७छ र एनईडीसी अनुसार २८० किलोमिटरको ड्राइभिङ रेन्ज दिन्छ। यसलाई एसी चार्जिङ गर्दा २० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज हुन ३.५ घण्टा लाग्छ भने डीसी चार्जिङमा ३० मिनेटमै चार्ज हुन्छ।
यसको लम्बाइ ४.७३ मिटर, चौडाइ १.६७ मिटर र उचाइ १.९६ मिटर छ। यसको ह्वीलबेस ३.०५ मिटर छ। यस गाडीको खाली तौल १३२० किलोग्राम छ भने कुल गाडीको तौल २,६०० किलोग्राम र पे-लोड १,२८० किलोग्राम छ।
यो रियर-ह्वील ड्राइभ प्रणालीमा आधारित छ र यसमा रियर मोटर जडान गरिएको छ। यसमा अगाडि म्याकफर्सन इन्डिपेन्डेन्ट सस्पेन्सन र पछाडि ६-बार लिफ स्प्रिङ सस्पेन्सन छ। ब्रेकिङका लागि अगाडि डिस्क ब्रेक र पछाडि ड्रम ब्रेकको प्रयोग गरिएको छ। यस गाडीमा पनि स्थायी म्याग्नेट सिन्क्रोनस मोटर छ जसले ६० किलोवाट पावर र २०० एनएम टर्क उत्पादन गर्छ।
डीएफएसके ईसी३५
डीएफएसकेको कार्गो भ्यानडीएफएसके ईसी३५ विशेष गरी सामान ढुवानीका लागि डिजाइन गरिएको छ। यस भ्यानमा स्थायी म्याग्नेट सिन्क्रोनस मोटर जडान गरिएको छ जसले ६० किलोवाटको अधिकतम पावर र २०० एनएमको अधिकतम टर्क उत्पादन गर्छ। यसमा ३८.७ किलोवाट घण्टा क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री प्रयोग गरिएको छ। कम्पनीका अनुसार एक पटकको पूर्ण चार्जमा यसले २८० किलोमिटरसम्मको दूरी तय गर्न सक्छ।
यो गाडीको लम्बाई ४.५० मिटर, चौडाइ १.६५ मिटर र उचाई १.९९ मिटर रहेको छ। यसको ह्वीलबेस ३.०५ मिटर छ भने ग्राउन्ड क्लियरेन्स १९० एमएम रहेको छ। यस गाडीको कुल तौल २,६०० किलोग्राम छ र यसले १,१०० किलोग्रामसम्मको भार वहन गर्न सक्छ। यसको कार्गो एरियाको लम्बाई २.५३ मिटर, चौडाइ १.४४ मिटर र उचाई १.२७ मिटर रहेको छ। कुल ४,८०० लिटरको भोल्युम क्षमता यसमा उपलब्ध छ।
चार्जिङको सन्दर्भमा, यसलाई एसी चार्जरबाट २०% देखि ८०% सम्म चार्ज गर्न ३.५ घण्टा लाग्छ, जबकि डीसी चार्जर प्रयोग गर्दा मात्र ३० मिनेटमा सोही मात्रामा चार्ज गर्न सकिन्छ। यसको टर्निङ रेडियस ५.८५ मिटर रहेको छ।





























प्रतिक्रिया