अफरोडको लागि उत्कृष्ट रोजाई बन्दै ‘जेको जे–सिक्स’

अफरोडको लागि उत्कृष्ट रोजाई बन्दै ‘जेको जे–सिक्स’

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । चिनियाँ अटोमोबाइल निर्माता चेरिको सब-ब्रान्डका रूपमा अप्रिल २०२३ मा जन्मिएको ‘जेको’ सुरुदेखि नै साहसिक र स्टाइलिस एसयूभी गाडीहरु उत्पादन गर्दै आएको छ ।

२०२४ अप्रिलमा चेरिको लोकप्रिय आईकार ०३को रिब्राण्डेड संस्करणका रूपमा प्रस्तुत गरियो । जेको जे–सिक्स आधुनिक डिजाइन, प्रविधी र अफरोड क्षमताको संयोजनले सजिएको यो मोडल छोटो समयमै विश्व बजारमा नयाँ पहिचान बनाउन थाल्यो ।

नेपालमा भने २०२४ मा नाडा अटो शोमा लन्भ भएको हो । जेको जे सिक्सको डिजाइनले ग्राहकको ध्यान केन्द्रित गरेको छ । नेपालमा यसको आधिकारीक विक्रेता एसपिजी अटोमोबाइल हो । अफरोड लुक्समा तयार भएको यो सवारी साधन अफरोडका लागि उत्कृष्ट मानिन्छ ।

के छन् विशेषता ?

जेको जे –सिक्सको पृथक लुक्सले ग्राहकलाई पहिलो नजरमै लोभ्याइदिन्छ । १३० किलोवाटको इलेक्ट्रीक मोटर र ४०० किलोमिटरको रेन्ज दिन्छ । यसको सुरुवाती मूल्य ६९ लाख ९९ हजारको मूल्य तोकिए तोकिएको थियो । ६५.६९ किलोवाट आवरको ब्याट्री प्याकले एकपटक फुल चार्जमा ४०० किलोमिटर यात्रा सम्भव बनाउँछ । यसको डिजाइनमा १९ इन्चको ह्वील, २२० एनएम टर्क र २०० एमएम ग्राउण्ड क्लियरेन्सले अफरोड क्षमतालाई बलियो बनाएको छ ।

पछाडि ढोकामा छुट्टै स्टोरेज, सम्पूर्ण एलइडी लाइट, आई कार ब्राण्डिङ, पानारोमिक शनरुफ, भेन्टिलेटेड र हिटेड सिट, डिउल जोन एसी, १५.६ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ९.२ इन्चको इन्ट्रुमेन्टल क्लस्टर, ३६९ डिग्री क्यामरा, ६ एयरव्याग, लेवल ९२ एडासजस्ता सुविधा रहेको छ ।

Skip This
Skip This
Logo