काठमाडाैं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आयोजना गरेकाे “टाटा ईभी अटो कार्निभल” आजबाट सुरु भएकाे छ ।
साउन २५ गते सम्म नेपालभरिको शोरुममा चल्ने कर्निभलमा ग्राहकहरूले जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटा ब्राण्ड अन्तर्गतका अत्याधुनिक प्रविधियुक्त विद्युतीय गाडीहरू जस्तै टियागो.ईभी, कर्भ.र्ईभी, नेक्सन के ३.ईभी र पन्च.ईभी एक्सचेन्ज तथा खरिद गर्न सक्नेछन् ।
टाटा ईभी अटो कार्निभल कार्यक्रम अन्तर्गत ग्राहकहरूले एक वर्षको अटोप्लस बीमा, वार्षिक सवारी कर, निःशुल्क एसेसरिज, वारेन्टी अवधिभर निःशुल्क चार्जिङ सेवा, होम चार्जिङ बक्ससहितको जडान र इम्बोस्ड नम्बर प्लेट जस्ता सुविधाहरू निःशुल्क प्राप्त गर्न सक्नेछन् ।
टाटा मोटर्सका शोरुमहरूमा गई नयाँ तथा अत्याधुनिक डिजाइनका विद्युतीय गाडीहरूको प्रत्यक्ष अवलोकन र टेस्ट ड्राइभ, बुकिङ तथा गाडी मूल्याङ्कन गर्दा आकर्षक उपहारहरू समेत प्राप्त गर्न सक्नेछन् ।
यस विशेष कार्यक्रमको बम्पर पुरस्कार स्वरूप एक भाग्यशाली विजेताले “कपल ट्रिप टु माल्दिभ्स” जित्ने अवसरसमेत प्राप्त गर्नेछन् ।





























प्रतिक्रिया