एनआईयूका शक्तिशाली इलेक्ट्रिक स्कुटर र मोटरसाइकल नाइमा एक्स्पोमा लन्च

एनआईयूका शक्तिशाली इलेक्ट्रिक स्कुटर र मोटरसाइकल नाइमा एक्स्पोमा लन्च

केन्द्रबिन्दु
18
Shares

काठमाडाैं । नेपालको विद्युतीय सवारी क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउँदै विश्वव्यापी स्मार्ट इलेक्ट्रिक मोबिलिटीको अग्रणी कम्पनी बन्न सफल एनआईयूले नाइमा मोबिलिटी एक्स्पोमा दुई नयाँ मोडलहरू लन्च गरेको छ ।

कम्पनीको नेपालका लागि आधिकारिक वितरक इन्फिनिटी नेपालले एफक्यूआई ३०० नामक शक्तिशाली इलेक्ट्रिक स्कुटर र आरक्यूआई नामक उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकललाई बजारमा उतारेको हो । यी मोडलहरूले नेपालको शहरी यातायातलाई दिगो, बौद्धिक र आकर्षक बनाउनुका साथै दैनिक यात्रालाई मात्र होइन, साहसिक अनुभवलाई पनि नयाँ उचाई दिने कम्पनीको विश्वास छ ।

कम्पनीले हालसम्म ५० भन्दा बढी देशहरूमा ३० लाखभन्दा बढी युनिटहरू बिक्री गरिसकेको छ । यस कम्पनीको मुख्य लक्ष्य भनेको दिगो र प्रविधिमैत्री सवारीहरू मार्फत शहरी यातायातमा क्रान्ति ल्याउनु हो । नेपाली बजार सन् २०१७ देखि नै सक्रिय उपस्थिति जनाउँदै आएको एनआईयू विद्यार्थी, पेशागत व्यक्ति, डेलिभरी सेवा प्रदायक र शहरी यात्रुहरूका लागि पहिलो रोजाइ बनेको छ ।

कम्पनीले नेपाल ल्याएको एफक्यूआई ३०० शक्तिशाली र प्रिमियम डिजाइन भएको आधुनिक स्कुटर हो । यस स्कुटरमा ७२ भोल्ट २८ एम्पियर आवर क्षमताको दुईवटा ब्याट्री प्याक जडान गरिएको छ । सिंगल चार्जमा १५० किलोमिटर रेन्ज दिने दाबी गरिएको एफक्यूआई ३०० लाई ८८ किलोमिटर प्रतिघण्टाको उच्च गतिमा हाँक्न सकिन्छ ।

यस स्कुटरमा एनआईयू स्मार्ट एप मार्फत जीपीएस, क्लाउड कनेक्टिभिटी र डाइग्नोटिक्सल लगायत सुबिधा प्रयोग गर्न सकिन्छ । स्पोर्टी डिजाइनमा तयार पारिएको यस स्कुटरमा बोल्ड देखिने एलईडी म्याट्रिक्स लाइट जडान गरिएको छ । स्कुटरको मूल्य ३ लाख ८५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

कम्पनीले ल्याएको अर्को आरक्यूआई मोटरसाइकलमा उच्च पर्फमेन्सयुक्त डुअल ब्याट्री जडान गरिएको छ, जसले एकपटकको फुल चार्जमा १८० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । यस मोटरसाइकललाई १६० किलोमिटर प्रतिघण्टाको उच्च गतिमा हाँक्न सकिन्छ ।

नयाँ पुस्ताका राइडरलाई लक्षित गरी प्रिमियम डिजाइनमा तयार पारिएको यस मोटरसाइकलमा स्मार्ट कनेक्टिभिटीका लागि एआई, जिपिएस र एन्टि थेप्ट जस्ता सुबिधा दिइएको छ । यस मोटरसाइकलको मूल्य ९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

Skip This
Skip This
Logo