नाइमा एक्स्पो सोमबारसम्म चल्ने

नाइमा एक्स्पो सोमबारसम्म चल्ने

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । भृकुटीमण्डपमा जारी पहिलो संस्करणको ‘नाइमा नेपाल मोविलिटी एक्स्पो, २०२५’ अब सोमबारसम्म चल्ने भएको छ ।

आयोजक नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)ले अवलोकनर्ताको राम्रो उपस्थिति रहेको भन्दै एक दिन थप गर्ने निर्णय लिएको हो । गत बुधबारदेखि सुरु भएको एक्स्पो आइतबारसम्म चल्ने भनिएको थियाे, तर अब यो एक्स्पो सोमबारसम्म चल्ने भएकाे छ ।

आफूलाई मनपर्ने सवारीसाधनहरु अवलोकन गर्ने, सोधपुछ गर्ने, बुकिङ्ग गर्ने, साथै खरिद गर्नेहरुको घुइचो रहेको प्रदर्शनी शनिबारको मुसलधारे पानीमा पनि निर्वाध संचालन भयो । अरु दिन कार्यालयको कामकाजमा व्यस्त रहने व्यक्तिहरुले शनिबार उत्साहका साथ प्रदर्शनीमा सहभागिता जनाएका छन् ।

एक्स्पोका प्रारम्भिक तीन दिनमा सर्वसाधरणका साथै बरिष्ठ कलाकार, कुटनितिक नियोगका कर्मचारीहरु, सरकारी तथा गैरसरकारी संस्थाका व्यक्तिहरु, व्यापारी साथीहरु लगाएत समाजका सबै तहका व्यक्तिहरुले उपस्थिति जनाएका छन्। प्रदर्शनीको पहिलो दिन पन्ध्र हजार, दोश्रो दिन साढे तेह्र हजार, तेस्रो दिन साढे उन्नइस हजार र आज शनिबार एक्कइस हजार पाँचसय अवलोकनकर्ताहरुले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५मा सहभागिता जनाएका छन् ।

मोविलिटी क्षेत्रमा नेपालकै ठूलो एक्स्पो दाबी गरिएको यस नाइमा एक्स्पोमा अटोप्रेमीहरुको भीड लागेको छ । उद्घाटनको दिनमै १५ हजारभन्दा बढि दर्शकको आगमन भएपछि आयोजकले टिकट बिक्रीको समय बेलुकी ७ बजेसम्म र प्रदर्शनी राति ८ बजेसम्म खुला राख्ने निर्णय गरेको छ । यो निर्णयले हजारौं उत्साही दर्शकलाई आकर्षित गरिरहेको छ। ५० भन्दा बढी ब्रान्डका विद्युतीय सवारीसाधनहरू, आकर्षक छुटहरू, र सडक सुरक्षा जस्ता महत्त्वपूर्ण छलफलहरूले यो एक्स्पोलाई नवप्रवर्तन र जागरूकताको उत्कृष्ट मञ्च बनाएको छ।

एक्स्पोमा दुईपांग्रे, चारपांग्रे, र व्यावसायिक सवारीसाधनका नयाँ मोडलहरू समावेश छन्। विशेषगरी विद्युतीय सवारी ईभीले अवलोकनकर्ताको ध्यान तानेको छ। बीवाईडीको एट्टाे १, महिन्द्राको बीई६ र एक्सइभी ९ई, लिपमोटरको बी१०, र जेको जे५ जस्ता नयाँ मोडलहरूले बजारमा उत्साह थपेका छन्। साथै अटो कम्पनीहरूले आकर्षक छुट र अफरहरू घोषणा गरेका छन्, अनलिमिटेड माइलेज वारन्टी र नगद छुटको अफर सार्वजनिक हुँदा अटोप्रेमीहरु पनि झुम्मिएका छन् ।

Skip This
Skip This
Logo