काठमाडौं । चिनियाँ कमर्शियल भेहिकल ब्रान्ड सनलङले सोमबार सम्पन्न पहिलो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा ग्राहकको ध्यान आफूतिर तान्न सफल भएको छ ।
वेबर ग्रुप अन्तर्गतको ब्लू कर्पोरेशन प्रालिले नेपालका लागि नयाँ र उत्कृष्ट विकल्पको रूपमा १२ सिटे यू वान र १३ सिटे यू टु इलेक्ट्रिक माइक्रोभ्यानहरू सार्वजनिक गरेर प्रदर्शनीमा एक नयाँ उत्साह थपेको थियो । यी दुई माइक्रोभ्यानहरू कमर्शियल यातायातमा नयाँ क्रान्ति ल्याउने लक्ष्यका साथ आएका छन्, जसले ग्राहकहरूलाई किफायती मूल्यमा आधुनिक र वातावरणमैत्री समाधान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
यी भ्यानहरूको उत्कृष्ट रेन्ज र शक्तिशाली प्रदर्शनले ग्राहकहरूलाई आकर्षित बनाएको छ। यू वानको रेन्ज ३२५ किलोमिटर र यू टुको रेन्ज ३५० किलोमिटर रहेको छ, जसले गर्दा लामो दूरीको यात्रा निर्धक्क गर्न सकिन्छ । यसका साथै, दुवै भ्यानमा ८० किलोवाटको शक्तिशाली मोटर जडान गरिएको छ, जसले नेपालका पहाडी र चुनौतीपूर्ण सडकहरूमा पनि सजिलै यात्रा गर्न सक्छ। १५ इन्चको ह्वील र १८० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ ।
यासक्को भित्रि भागमा एलसीडी ड्यासबोर्ड, यूएसबी चार्जिङ इन्टरफेस, र एयर कन्डिसन जस्ता सुविधाले यात्रालाई आरामदायी बनाउँछन्। सुरक्षाका लागि प्रेडेस्ट्रियन वार्निङ सिस्टम, रिभर्स पार्किङ सेन्सर, रिभर्स क्यामरा, र फ्रन्ट पावर विन्डो जस्ता आधुनिक प्रविधिहरू समावेश गरिएको छ।
ग्राहकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै, यी भ्यानहरूमा एबीएस, ईबीडी, ईपीएस, ईएससी, र ब्रेक असिस्ट जस्ता अत्याधुनिक सुरक्षा प्रणालीहरू पनि छन्। यी सबै फिचरहरूले चालक र यात्रु दुवैलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिन्छन्।
कम्पनीको प्रतिस्पर्धी मूल्यले पनि ग्राहकहरूलाई आकर्षित गरेको छ। यू वानको मूल्य ४७ लाख ४७ हजार र यू टुको मूल्य ५१ लाख ५१ हजार रुपैयाँ रहेको छ । यो मूल्यमा यति धेरै फिचर र लामो रेन्ज भएको इलेक्ट्रिक माइक्रोभ्यान पाउनु ग्राहकहरूका लागि एउटा उत्कृष्ट अवसर हो। नाइमामा सनलङको यो उपस्थिति र ग्राहकहरूको उत्साहजनक प्रतिक्रियाले नेपालमा विद्युतीय कमर्शियल सवारीको भविष्य उज्ज्वल रहेको संकेत गरेको छ ।
कमर्शियल यातायातमा प्रदूषण घटाउने र सञ्चालन खर्च कम गर्ने उद्देश्यले यी इलेक्ट्रिक माइक्रोभ्यानहरू नेपाली बजारमा आएका छन्। यसले व्यवसायीहरूका लागि एउटा नयाँ र दिगो विकल्प प्रदान गरेको छ।





























प्रतिक्रिया