काठमाडौं । डेल्फी–टीभीएस ब्रान्डको सीआर इन्जेक्टर टेस्ट बेन्च नेपाली बजारमा प्रवेश गरेको छ ।
नेपालका लागि आधिकारिक वितरकको रुपमा असरफ डिजेल सर्भिसले सीआर इन्जेक्टर अर्थात् कमन रेल इन्जेक्टर टेस्ट बेन्च नेपालमा लन्च गरेको हो । कमर्सियल, हेभी र अन्य डिजेल गाडीमा प्रयोग हुने सो उपकरण प्रयोग गरी गाडीको इन्जेक्टरमा भएको समस्या पहिचान र मर्मत गर्न सकिन्छ । यसबाट बीएस फोर र बीएस सिक्स सबै मोडलका गाडीको इन्जेक्टरमा भएको समस्या थाहा पाउन सकिन्छ ।
यस प्रकारको मेसिन नभएका कारण इन्जेक्टर र यससँग सम्बन्धित समस्या पहिचान गर्न समस्या भएको थियो, अब त्यो झन्झट भने सकिएको छ । कुनै गाडीको इन्जेक्टरमा समस्या आएमा त्यसको पहिचान गरी लाग्ने आवश्यक रकम समेत मेसिनबाटै प्रिन्ट भएर आउने लुकास इन्डियन सर्भिस लिमिटेडका सर्भिस हेड बी लक्ष्मणले जानकारी दिए ।































प्रतिक्रिया