काठमाडौं । जुनयाओ अटो चिनियाँको एक कार निर्माता कम्पनी हो । जुनयाओ समूह विशेषगरी उड्ययन क्षेत्रको लागि प्रख्यात छ । उड्ययन क्षेत्रको लागि प्रख्यात जुनयाओ सन् २०२३ मा विद्युतीय सवारीसाधन (ईभी)को चिनियाँमा प्रवेश गरेको हो ।
सन् २०२३ मा जुनयाओ अटोमोबाइल ब्रान्च स्थापना गरेको उक्त कम्पनीले सुरुको ईभी गाडी चीनमा लन्च नगरी थाइल्यान्ड मोटर एक्सपो २०२४ मा जेवाई एयर सेडान सार्वजनिक गरेको थियो । त्यसको छोटो अवधिमै उक्त कम्पनिको ईभी गाडी एलआरआर मोटर्सले सन् २०२५को सुरुवातीमा नेपालमा भित्र्याएको हो । नेपालमा अहिले जुनयाओ अटोको जेवाई एयर ईभी मोडल उपलब्ध रहेको छ ।
जेवाई एयर ईभी कस्तो मोडल हो ?
यो प्रिमियम इलेक्ट्रिक सेडान, जसले उच्चस्तरीय सुविधाहरू प्रदान गर्छ । जसमा ९९ किलोवाटको परमानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर र ६४.१ किलोवाटघण्टाको लिथियम आयरन फस्फेट ब्याट्री प्रयोग गरिएको छ । यसले ५२० किलोमिटरको एनईडिसी प्रमाणित रेञ्ज प्रदान गर्छ र यसको अधिकतम गति १७० किमि/घण्टा रहेको छ । हावाको प्रवाहलाई मध्यनजर राखी डिजाइन गरिएको यो कारको ड्र्याग कोएफिसिएन्ट ९.२३ मात्र छ ।
यसको मूल्य ६७.९९ रुपैयाँ लाख निर्धारण गरिएको छ ।
कारको भित्री सजावटमा १५.६ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, भेन्टिलेटेड लेदरोट सीट, प्यानोरामिक सनरुफ, वायरलेस चार्जिङ र डुअल – जोन एयर कन्डिसनिङ समावेश गरिएको छ । सुरक्षा पक्षमा ७ वटा एअरब्याग, लेभल २ एडिएएस , ३६० डिग्री क्यामेरा र ५– स्टार यूरो एनसिएपी सुरक्षा प्रमाणपत्र यसमा उपलब्ध छ ।भविष्यसूचक डिजाइन, विलासी सुविधा र अत्याधुनिक प्रविधिको समिश्रणले जुनयाओ जेवाइ एयरले नेपालको इलेक्ट्रिक कार बजारमा एक नयाँ मापदण्ड स्थापना गरेको छ ।
पर्फर्मेन्स
जुनयाओ जेवाई एयरले स्पोर्टी प्रदर्शन र परिष्कृत दक्षताको सन्तुलन प्रस्तुत गर्दछ । यसको ९९ किलोवाटको इलेक्ट्रिक मोटरले १३५ पिएस पावर र २५० एनएम टर्क उत्पादन गर्छ । जसले रियर-ह्वील ड्राइभ प्रणालीमार्फत सन्तुलित ह्यान्डलिङ र स्थिरता सुनिश्चित गर्दछ । यो सेडानले अधिकतम १७० किमिघण्टाको गति प्राप्त गर्न सक्छ र ९ देखि १०० किमिघण्टाको गति मात्र ७.९ सेकेन्डमा समात्न सक्ने क्षममता रहेको छ । यसमा प्रयोग गरिएको ६४.१ किलोवाट आवर एलएफपी ब्याट्रीले ५२० किमि ९ एनईडिसी प्रमाणित रेञ्ज प्रदान गर्छ ।
साथै, यसको डिसी फास्ट चार्जिङ प्रविधिले ३० प्रतिशत देखि ८० प्रतिशत सम्मको चार्ज गर्न केवल २० मिनेट मै दपुरा गर्छ । जसले गार्दा यो गाडी सहरभित्रको आवतजावत मात्र होइन । नेपालका अन्तरसहर यात्राका लागि पनि अत्यन्त उपयुक्त मानिन्छ ।
जुनयाओ एयर ईभीको डिजाइन
जुनयाओ एयर ईभीले स्लिक फास्टब्याक डिजाइनलाई प्रस्तुत गरेको छ । गाडीको अगाडिको भागमा यसमा तीखो एङगुलर एलईडी हेडलाइटहरू रहेका छन् । जहाँ प्रत्येक युनिटमा २४० एलईडी प्रयोग गरिएको छ । साथै आधुनिकता झल्काउने सी – आकारको डिआरएल पनि समावेश गरिएको छ । यसको ९.२३ ड्र्याग कोएफिसिएन्टले यसलाई अत्यधिक एरोडायनामिक दक्षता भएका ईभीहरूमध्ये एक बनाएको छ ।
यो सेडान १९ इन्चको मल्टिस्पोक अलोय ह्वीलमा आधारित छ र त्यसको बोल्ड साइड प्रोफाइललाई फ्लश डोर ह्यान्डल्स र स्लोपिङ रूफलाइनले थप आकर्षक बनाएको छ । यसको १७२ मिमी ग्राउन्ड क्लियरेन्सले नेपाली सडक अवस्थाका लागि यसलाई व्यवहारिक बनाएको छ । जुनयाओ जेवाई एयरको इन्टेरियरले फर्स्ट क्लास हवाई यात्राको सुविधा र भव्यता झल्काउँछ ।
ड्यासबोर्डमा १५.६ इन्चको फ्लोटिङ टचस्क्रिन र ८.८ इन्चको डिजिटल क्लस्टर रहेको छ । जुन मिनिमलिस्ट दुई–स्पोक स्टेयरिङ ह्वीलमार्फत नियन्त्रण गर्न सकिन्छ । यसमा लेदरोट अपहोल्स्ट्री, पावर एड्जस्टेबल अगाडिका सिटहरू र डुअल–जोन एसी प्रणाली रहेको छ । २८ सय मिमीको ह्वीलबेसका कारण प्रशस्त लेगरूम र हेडरूम उपलब्ध हुन्छ । यसका ७५ प्रतिशत भन्दा बढी सतहहरूमा सफ्ट –टच मटेरियल प्रयोग गरिएको छ । एम्बियेन्ट लाइटिङ, प्यानोरामिक सनरुफ, र वायरलेस चार्जिङ जस्ता प्रिमियम सुविधाहरू रहेको छ ।
सुरक्षा र विशेषता
जुनयाओ अटोले सुरक्षालाई प्रमुख प्राथमिकता दिएको छ । जुनयाओ जेवाई एयरले युरोपियन एनसएिपी बाट ५ – स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ र यसमा ७ वटा एअरब्याग, एल२ लेभलको एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम, एबिएस,ईएससी , र ३६० डिग्री क्यामेरा सहितको ट्रान्सपरेन्ट च्यासिस भ्यू जस्ता आधुनिक सुरक्षा सुविधा उपलब्ध छन् । यी सुविधाहरूले सहरको भीडभाडमा वा हाईवेमा यात्रा गर्दा पनि निर्धक्क हुन सकिन्छ ।





























प्रतिक्रिया