के हो एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम ? यस्ता छन् विशेषता

के हो एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम ? यस्ता छन् विशेषता

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले “एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम” संचालन गर्ने भएको छ । यो दोश्रो खुलामुखी योजना हो ।

हाल नेपालमा संचालित खुलामुखी म्युचुअल फण्डहरु मध्ये पहिलो पटक मीनी एसआईपी तथा एसटीपी जस्ता विशेषतहरु समावेश गरिएका छन् । यस योजनाको संकलित रकम मध्ये अधिकांश रकम धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीहरु मध्ये भविष्यमा राम्रो प्रतिफल दिन सक्ने कम्पनीहरु छनौट गरी लगानी गरिने क्यापिटलको भनाइ छ ।

यस योजनामा संकलित रकम लगानी गर्दा २० देखि ७५ प्रतिशतसम्म प्राथमिक शेयर निष्काशन गरेका कम्पनी र धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा, योजना आकारको बढीमा १५ प्रतिशत रकम स्थिर आय हुने उपकरणहरुमा तथा १५ प्रतिशत रकम माग तथा अल्प सूचनामा आय हुने उपकरणहरुमा लगानी गरिने छ ।

साथै योजनाको रकम लगानी गर्दा भविष्यमा गर्न सक्ने प्रगतिलाई समेत राम्रो संग अध्ययन तथा अनुसन्धान गरेर मात्र लगानी सम्बन्धी निर्णय गरिने छ ।

किन रोज्ने ?

एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम विविध विशेषता सहितको खुलामुखी योजना हो । उक्त योजना दक्ष तथा प्रमाणित कार्य अनुभव हाशिल गरेको कोष व्यवस्थापक एन आई सी एशिया क्यापिटलले संचालन गर्न लागेको छ ।

एनआईसी एशिया क्यापिटलले हाल संचालन गरिरहेका म्युचुअल फण्ड योजनाहरुको नियमित रुपमा उचित प्रतिफल वितरण गर्न सफल भएको छ । यस योजनामा व्यवस्थित तथा नियमित रुपमा लगानी गरी उचित प्रतिफल चाहने व्यक्तिहरूका लागि लगानीको लागि उपयुक्त विकल्प हो ।

नेपालको सन्दर्भमा हेर्दा पूँजी बजार विकासको क्रममा रहेको र यस योजनाको अधिकांश रकम धितोपत्रको दोश्रो बजारमा सूचीकृत कम्पनीहरुमा लगानी गर्ने रहेको हुँदा बजारको विस्तार सँगसगै यस योजनामा लगानी गर्ने इकाईधनीको सम्पत्ति समेत बढ्दै जाने हुँदा यस प्रकारको योजनामा लगानी गर्दा लगानीकर्ताहरुले भविष्यमा राम्रो प्रतिफल प्राप्त गर्न सक्ने देखिन्छ ।

कुनै पनि व्यक्तिले न्यून जोखिम लिई स–सानो रकम नियमित रुपमा दीर्घकालसम्म लगानी गरी भविष्यमा उचित प्रतिफल सहित एकमुष्ठ ठुलो रकम प्राप्त गरी आफ्नो वीस लिस्टमा रहेका वस्तु तथा सेवा प्राप्त गर्न तथा आफ्नो वित्तीय आवश्यकता पुर्ति गर्नको लागि यस प्रकारको योजनाहरुमा लगानी गर्दा निकै लाभदायक हुने देखिन्छ ।

मुख्य विशेषताहरू-

-लगानीकर्ताहरुले नियमित रुपमा निश्चित समयसम्म लगानी गरी पावर कम्पाउण्डिङको लाभ लिन सकिने ।

-नेपालमै पहिलो पटक मिनी एसआइपी मात्र रु.५०० गर्न मिल्ने सुविधा ।

-एन आई सी एशिया क्यापिटलबाट संचालित अर्को खुलामुखी योजनामा यस योजनामा गरिएको लगानी स्थानान्तरण गर्न सकिने ।

-एक मुष्ठ रकम लगानी गरी वा एसआइपी गरिएको रकम निश्चित समय पश्चात् आफ्नो आवश्यकता अनुसार नियमित रुपमा निकाल्न मिल्ने सुविधा ।

-लगानी योग्य रकम भएको समयमा आफ्नो क्षमता अनुसार थप रकम लगानी गर्न मिल्ने सुविधा ।

-संघ संस्थाहरुले एन आई सी एशिया क्यापिटल लिमिटेडसँग सम्झौता गरी आफ्नो तलबी कर्मचारीहरुको तलब/भत्ताबाट केही रकम सोझै जम्मा गरी इकाई खरिद गरिदिन सक्ने ।

-योजनाको अधिकांश रकम धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीहरुको राम्रो सँग अध्ययन अनुसन्धान गरी अल्पकालिन, मध्यकालिन र दीर्घकालीन रणनीतिक कार्य योजना बनाइ लगानी गरिने ।

अनुभवी योजना व्यवस्थापकबाट संचालित तथा हाल संचालमा रहेको म्युचुअल फण्ड योजनाहरुबाट नियमित रुपमा उचित प्रतिफल वितरण गर्न सफल भएको ।

-योजनाको रकम लगानी गर्दा मुद्रा बजार उपकरण तथा धितोपत्र बजारमा लगानीको अवसर हेरी लगानी विविधकरण गरिने हुँदा योजनाको इकाईधनीहरुलाई उचित प्रतिफल प्राप्त गर्न सक्ने ।

Skip This
Skip This
Logo